ख्याल गर खुल्ला ठाउँमा जाल बुन्छ माकुराले

Author

ख्याल गर खुल्ला ठाउँमा जाल बुन्छ माकुराले
थाहै नपाई झुक्याई जालमा थुन्छ माकुराले

जुन ठाउँमा सत्यता छ षड्यन्त्रको गन्ध हुन्छ
त्यस्तै ठाउँ जालहरू बुन्न चुन्छ माकुराले

जोगिनु है विषालु त्यो माकुराबाट सधैँ नै
विष छर्छ माकुराले जस्लाई छुन्छ माकुराले

निर्दोषलाई मारेरै त आहारा त्यो पुरा गर्छ
जाल्मा बेरिनेको पीडा कहाँ सुन्छ माकुराले

हातमा सधैँ रगत हुन्छ नपत्याए गई हेर
आफ्नै वंशज मारेका हात कहाँ धुन्छ माकुराले

स्वच्छ पना राख्नलाई जाल बुन्ने माकुरो त्यो
फाल्नै पर्छ घर सफा कहाँ हुन्छ माकुराले

Segments