Author
कस्को प्रभाव छ यो देशमा
मौसम खराब छ यो देशमा
न चासो कसैलाई साहित्यको
न सस्तो किताप छ यो देशमा
खानलाई छैन घरमा अन्न
प्युनलाई शराब छ यो देशमा
चुनिदैन होला गरिबको सर्कार
महंगो चुनाव छ यो देशमा
छन् सम्पन्न जो धेरै उसैलाई
आर्थिक लगाव छ यो देशमा
के बन्नु खै इमान्दार पनि
सतीको सराप छ यो देशमा
पर पिडकको छैन कुनै कमी
दुर्लभ सदभाव छ यो देशमा
कति फलाक्नु क्रान्तिका कुरा
शान्तिको अभाव छ यो देशमा
कँहा छन् कुन्नि बचाउनेहरू
मर्नेहरू बेहिसाब छन् यो देशमा
बुद्ध जन्मेको त देश भन्नुमात्र
व्यापक तनाव छ यो देशमा
Segments
Language
- 4 views