उही नयाँ साल आएको छ / चार्ली डेल्टा बराल

Calendarविक्रम सम्वत् दुई हजार एकहत्तर

अब कहिल्यै फर्कने छैन

तर बैशाख एक गते, सालको पहिलो दिन

हरेक साल फर्किफर्की आउँछ

 

बैशाख एक गते , ठूलाबडाहरुको दिन

निकै रमाइलो दिन , देशवासीले

शुभकामना , सन्देश पाउने दिन

गरीबले मनको लड्डु घिउसँग खाने दिन

 

ठूलाठालुहरूको भेटघाट हुने दिन

हर्दिक शुभकामना आदानप्रदान गर्ने दिन

ठूलाठूला भोजभतेरको दिन

ठूलाबडाहरुको निकै रमाइलो दिन

 

बैशाख एक गते , राष्ट्र्यि दिवस

राजाको दिवस , प्रजाको दिवस

नेताको दिवस , जनताको दिवस

धनीको दिवस , गरीबको दिवस

 

बैशाख एक गते हरेक साल आएकोछ

गरीबहरुलाई झम्टिझम्टी आएकोछ

ठूलाबडालाई दर्शन गर्दै आएकोछ

दुई हजार एकहत्तरसम्म यसै गरी आएकोछ

 

बैशाख एक गते फेरि आएकोछ

पशुपति साक्षी राखेर आएकोछ

सुखसमृध्दि , सुस्वास्थ्यको कामना सुनाएकोछ

पुरानै स्वरसंगीतमा उही नयाँ साल आएकोछ ।

 

(जन्मभूमि साप्ताहिकमा प्रथम पटक प्रकाशित, २०५१ साल)

Segments