पढन्तेले नै चोर्ने गर्छन् पुस्तक

- यलु जोशी

काठमाडौँ, माघ १६ गते । समान्यतया किताब असल मानिसले नै पढ्छन् र असल मानिस हुन पुस्तक पढ्नुपर्ने मान्यता छ तर किताब चोरीमा किताब पढ्ने मानिस नै बढी संलग्न हुने गरेको पाइएको छ ।

पुस्तकालय तथा पुस्तक पसलबाट किताब हराउनु सामान्य घटना भएकाले बढ्दो किताब चोरी रोक्न अहिले पुस्तकालय तथा पसलले गोप्य कोड राखी 'डिटेक्ट' गर्नेदेखि सीसी क्यामेरा जडान गर्न थालेका छन्।

किताब पसल तथा पुस्तकालयमा चोरी हुने किताबहरू बेच्नका लागि नभएर पढ्नका लागि चोरिने गरेको भनाइ किताब व्यापारीहरूको छ । उनीहरूका अनुसार किताब चोर्ने प्रवृत्तिमा केही कमी भए पनि यो अझै नियन्त्रण हुन सकेको छैन ।

ठमेलस्थित युनाइटेड बुक्सका सुनिता मानन्धरले आफ्नो पुस्तक भण्डारबाट पनि पुस्तक चोरी हुने गरेको र यस्ता पुस्तक बिक्री गर्ने उद्देश्यले भन्दा पनि पढ्ने व्यक्तिले चोर्ने गरेको बताउनुहुन्छ ।

उहाँका अनुसार किताब किनेर पढ्ने व्यक्तिहरूले नै किताब चोर्ने गर्छन् ।

नेपाली मात्र नभएर विदेशीहरूले पनि किताब चोर्ने गरेको बताउँदै उहाँले विदेशी नागरिकलाई त धेरैपटक आफूहरूले समात्न सफल भएको बताउनुभयो ।

किताब चोरीको घटना कति हुन्छ भन्नेबारे बताउन नसकिने बताउँदै मानन्धरले भन्नुभयो- कहिलेकाहीँ दैनिक जस्तै हुन्छ तर कहिलेकाहीँ चार/पाँच महिनासम्म पनि चोरी हुन्न ।

हामीले जति पनि किताब चोरीमा संलग्न व्यक्तिहरूलाई समातेका छौँ, तीमध्ये किताब पढ्ने व्यक्तिहरू धेरै रहेको पाइयो, उहाँको कथन थियो ।

उहाँ भन्नुहुन्छ, किताब पढ्ने भनेको बानी हो । धेरैले विभिन्न किसिमका किताब पढ्ने गर्छन् र सबै किताब खरिद गरेर पढ्नसक्नेे क्षमता हुँदैन । यसैकारण चोरेर पढ्ने गर्छन् ।

विदेशी लेखकका किताबहरू धेरै महँगो हुने हुनाले सबै पाठकको खरिद गर्ने क्षमता हँुदैन र त्यस्ता किताब धेरै चोरिने गरिएको मानन्धरले जानकारी दिनुभयो ।

उहाँले विशेषगरी ट्राभल, सस्पेन्स, थि्रलरसँग सम्बन्धित किताब चोरिने गरिएको पनि बताउनुभयो ।

प्रदर्शनीमार्गस्थित साझा प्रकाशनका वितरण प्रमुख यादव ढुङ्गेल पनि किताब चोरेर हैरान बनाउनेबाट दिक्क हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, कति किताब हराउँछन्, थाहा नै हुँदैन । अहिलेसम्म किताब चोरेकाहरूलाई समात्न सकिएको छैन ।

बजारमा चर्चा पाएको किताब बढी हराउने गरेको जानकारी दिँदै ढुङ्गेलले किताब चोर्ने व्यक्तिले बिक्री कक्षमा तीन-चारपटक आएर निरीक्षण गर्ने र चोरेर लग्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, धेरै मानिस आउने भएको हुनाले को चोर र को सज्जन छुट्याउन नै समस्या हुन्छ । पछि रिकर्ड हेरेपछि मात्र थाहा हुन्छ, कति किताब हराएँ भनेर । यस्तो किताब हराउँदा कर्मचारीले तिर्नुपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, जमलस्थित मण्डला बुक प्वाइटका सिद्धार्थ महर्जनलेकिताब हराउने रोग अन्त्य गर्न आफ्नो पसलमा सीसी क्यामेरा जडान गर्नुभएको छ । क्यामेरा जडानपछि चोरीमा केही कमी आएको उहााको अनुभव छ ।

हाल चार सयदेखि नौ सय रुपियााका किताब बढीले लग्ने गरेको बताउादै उहााले ५० रुपियाादेखि पााच हजार रुपियाासम्मका किताब आफ्नो स्टोरमा रहेको बताउनुभयो ।

काठमाडौाको बाङ्गेमुढास्थित नेपालको सबैभन्दा पुरानो पुस्तकालय मानिने प्रदिप्त पुस्तकालयमा पनि किताब हराउने गरेको पुस्तकालयका सदस्य हरिकृष्ण कपाली बताउनुहुन्छ ।

उहााले किताब पढ्न लग्ने र फिर्ता नल्याइदिने रोग त छादैछ, त्यसमाथि पनि किताब पुस्तकालयबाट एकाएक हराउने गरेको बताउनुभयो ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालय परिसरको केन्द्रीय पुस्तकालयमा भने चोर्नेहरू सावधान हुनुपर्छ । पुस्तकालयको किताब खबर नगरी लगेमा ढोकामा पुग्नेबित्तिकै साइरन बज्ने व्यवस्था भएकाले चोरी नियन्त्रण गर्न सजिलो भएको बताइन्छ ।

(gorkhapatra.org.np)

Segments