Author
झलनाथभन्दा पनि काला धेरै छन्
चड्कन दिनु पर्ने गाला धेरै छन् ।
जोगिएर चल्नू है देवीप्रसादहरू
हरौटे र भरौटेका भाला धेरै छन्।
कहिले फुल्छ यो फूलबारी अब
विषालु माकुरीका जाला धेरै छन् ।
नेताका आँखा त खोल्यौ देवीजी
अझै खोल्नुपर्ने ताला धेरै छन् ।
थोरै सपूत कराएर के नै हुन्छ र
यो देशमा विदेशीका साला धेरै छन् ।
Segments
Language
- 11 views