जिन्दगानी फूल जस्तो भए हुन्थ्यो बरू
जिन्दगानी फूल जस्तो भए हुन्थ्यो बरू
फूल जस्तै फक्रिएर गए हुन्थ्यो बरू
बनेर सुवासिनी सुवास छरिदिन्थें
वसन्तको हरियाली पाउ परिदिन्थें
भँवराले चुम्दा अधर आउँथ्यो मजा बेग्लै
स्पर्शमा फूल केस्रा छाउँथ्यो मजा बेग्लै
लोभिंदै प्यासी बनी आउँथे होला कोही
मेरै गीत रमाई गाउँथे होला कोही
मन्दिरमा फूल थुँगा सजाएर कोही
रम्थे होलान् पञ्चेबाजा बजाएर कोहि
पारिजात शिरिष कहीँ बुकी फूल झैँ
फुल्न पाए रम्थें म चरी बुलबुल झैँ
Author
Segments
Language