Charubha Ghimire

वी.पी.को 'हिटलर र यहूदी' उपन्यासमा मानवतावाद / चारूभा घिमिरे

विषय प्रवेश

नदी प्रवाहजस्तै सधैँ नयाँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो । 'संसारका थोरै व्यक्तित्वमा हुने विशेषता(व्यक्ति एक, व्यक्तित्व अनेक(बोकेका बी.पी नेपाली धर्तीका वरदपुत्र हुन् । (भट्टराई २०५८ ः ९४) ।' राजनीतिक क्षेत्रमा आजीवन अथकरूपमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सही व्याख्या र नेतृत्व दिँदै आएका उनी नेपाली कथा साहित्यका कोसेढुङ्गा हुन् ।

Segments