B. P. Koirala

दोषी चस्मा प्रतीकात्मक अभिव्यक्ति/ शिवप्रसाद भट्टराई

नेपाली कथा साहित्यलाई नवीन परिवेश दिएर आधुनिक युगमा प्रवेश गराउने विश्वेश्वरप्रसाद कोइराला (१९७१-२०३९) मानव मनभित्रका विविध पक्षलाई विस्तारित रूपले व्याख्या विश्लेषण गर्ने एउटा सशक्त साहित्यिक व्यक्तित्व हुन् । उनले नेपाली कथा, उपन्यास, निबन्ध, कथा, आत्मकथा, संस्मरण आदि क्षेत्रका माध्यमबाट आफ्नो स्रष्टा व्यक्तित्व र सिर्जनाशक्तिको राम्रो परिचय दिएका छन् । नेपाली साहित्यिमा प|mायडवादी कथाकारका रूपमा पनि सुपरिचित कोइराला मूलरूपमा मनोवैज्ञानिक कथाकार हुन् । मानिसको मनमा व्याप्त विभिन्न स्थितिहरूको सूक्ष्म विश्लेषण गर्दै उसका मनभित्रका विविध यथार्थलाई स्वाभाविकता र विश्वसनीयतापूर्वक प्रकटीकरण ग

Segments

विश्वेश्वरप्रसाद कोइराला

जन्मः वि.सं. १९७१, बनारस, भारत
निधनः वि.सं. २०३९, साउन ६ गते, काठमाण्डौ
सेवा - राजनीति / शिक्षा - बी.ए., बी. एल.
भ्रमण - विश्वका अधिकांश मुलुकहरु
विधाः कथा/उपनयास
पहिलो रचना - वि.सं. १९९२ मा "शारदा" मा "चन्द्रबदन" कथा प्रकाशित

मौलिक कृति
१) दोषी चश्मा - २००६ -२) श्वेत भैरवी - कथा संग्रह - २०३९
३) सुम्निमा - २०२७ -४) तीनघुम्ति - वि. सं. २०२५ -५) नरेन्द्र दाइ - वि. सं. २०२७
६) मोदी आइन -७) हिटलर र यहुदी -८) बाबु आमा र छोरा - उपन्यास
९) आफ्नो कथा - आत्मकथा

Author
Segments

वी.पी.को 'हिटलर र यहूदी' उपन्यासमा मानवतावाद / चारूभा घिमिरे

विषय प्रवेश

नदी प्रवाहजस्तै सधैँ नयाँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो । 'संसारका थोरै व्यक्तित्वमा हुने विशेषता(व्यक्ति एक, व्यक्तित्व अनेक(बोकेका बी.पी नेपाली धर्तीका वरदपुत्र हुन् । (भट्टराई २०५८ ः ९४) ।' राजनीतिक क्षेत्रमा आजीवन अथकरूपमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सही व्याख्या र नेतृत्व दिँदै आएका उनी नेपाली कथा साहित्यका कोसेढुङ्गा हुन् ।

Segments