Ananda Ram Paudel

पहिचानको शिकार / आनन्दराम पौडेल

भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। औसतभन्दा मोटी अधबैंशे महिला थिइन्। प्रष्ट ठम्याउन नसकेर एकछिन अल्मलिएँ। म अल्मलिएको देखेर उनैले आफ्नो परिचय दिइन्। परिचय पाउनासाथ टेलिभिजन र अखबारहरुमा देखेको उनको फोटो झलक्क सम्झें। कोलकाताको बनर्जी परिवारकी छोरी सुस्मिता बेनर्जी रहिछन्। जातिवादी, कट्टर साम्प्रदायिकहरुको शिकार भएको सुनेको थिएँ। जान्ने कौतुहल थियो। साम्प्रदायिक, जातिवादीहरुको अत्याचार

Segments

दरिद्र कुत्तासरी भो किन ?/ आनन्दराम पौडेल

८\१० महिना अघिको घटना हो, चिया खाएर बसिरहेका साथिहरूको छेउमा एकजना ह्याण्डसम युवक आए । तिनी आर्मीको जागिर छाडेर यूएन सर्भिसमा जानलागेका मेजर हिमाद्री थापा मगर रहेछन्। एक्कैछिन बसे र हिंड्ने बेलामा, “तपाईंहरू सवै बाहुन जस्तो लाग्यो,बाहुनको भविष्य छैन। किनभने बाहुनहरू एक्लाएक्लै बाँच्छन्, जो सङगठित हुँदैन त्यो सिद्धिन्छ” भने। हुनपनि बाहुनहरूवीचमा टीम स्पिरीट, टीम कल्चर र टीम वर्क हुँदैन। एउटा बाहुनले अर्को बाहुनलाई अपनत्वको नजरले कहिल्यै हेर्दैन, बरु एउटा पण्डितको एरियामा अर्को पण्डित आइपुग्योभने त्यहाँ सौहार्द्रता र हार्दिकता हैन भित्रैदेखि हुङ्कार शुरु हुन्छ। हिमाद्रीले जुन निस्कर्ष दिए त्य