Author
कस्तो नशा पिलायौ, आभार व्यक्त गर्छु ।
साँचो खुसी दिलायौ, आभार व्यक्त गर्छु ।
भौँतारिएर तिम्रो खोजी गरेर हिंड्थेँ
आई ममा बिलायौ, आभार व्यक्त गर्छु ।
च्यातेर फालिएको मेरो आशान्त मन यो
सद्भावले सिलायौ, आभार व्यक्त गर्छु ।
साटेर जिन्दगी यो हामी विभोर बन्ने
मौकाहरू मिलायौ, आभार व्यक्त गर्छु ।
Segments
Language
- 10 views