आर्ट ग्यालरीमा मिथिलाको महिमा

अप्रिल २०११/ 'मिथिला संगीतको आफनै महिमा छ, त्यसैले हामी जुनै शुभकार्यको शुरुआत पनि वन्दनाबाटै गर्छौँ’ -मैथिली कवि धिरेन्द्र प्रेमषीले यसो भनिसक्दा उनको छेवैमा रहेका शास्त्रीय संगीतिज्ञ तथा गायक गुरुदेव कामतले हार्मोनियममा हात चलाउँदै गीत शुरु गरे- जय जय। गीतले बिट मार्न नपाउँदै वाह, वाह भन्दै तालीको गडगडाहट बढ्यो।

अरू बेला दर्शकमात्र उपस्थित हुने राजधानीको सिर्द्धार्थ आर्ट ग्यालरीमा आइतबार दर्शक र स्रोता दुवै थिए। उनीहृरू एकचित्त भई मैथिली कविता र गीत सुनेर रमाउँदै थिए। चित्रकार एससी सुमनले बनाएका विभिन्न मैथिली चित्रका बीच कवि, संगीतकार, गायकलगायतले मिथिलाको चर्चा गरिरहेका थिए। भर्खरै सकिएको होलीको महत्त्व झल्काउँदै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ तथा कवि रमेश रञ्जनले कविता सुनाए।

होलीमा प्रयोग गरिएको रङसम्बन्धीको कविताले सहभागीलाई मिथिलाको होली सम्झाइदियो। प्रेमषीले मिथिलाका महिलाहृरूले जन्मदेखि मृत्युसम्म विभिन्न संस्कारका गीतहृरू गाउने गरेको सम्झिँदै गर्दा गायक हरिशंकर चौधरीले गाइदिए कहियो हमरा नजरोमेहृरू गुरुदेव कामत के कम, मीठो संगीत र सुरिलो स्वरमा उनले मिथिलामा होली बिर्सजन गरेपछि गाइने चैतवार गीत सुनाए रखिहा वचाकायी जीवना ये दैया।

होली बिर्सजनको गीतपछि अर्का कवि धर्मेन्द्र कर्ण्र् राष्ट्रियता झल्काउने कविता सुनाए। अर्का गायक आभाष लाभले मजरमे आविमे आपि वे मुडाल गीत सुनाए। त्यही उनले मैथिली लोकगीत पनि सुनाउन भ्याए। मिथिलाका महिलाको दुःखलाई गीत बनाएर उतारेका प्रेमर्षीको अनुरोधमा कामतले गाइदिए- डेगडेग पर लक्ष्मण रेखा।

उपन्यासकार डा. सञ्जीव उप्रेती, ग्यालरीकी निर्देशक संगीता थापालगायत अन्य दर्शक गीत सुनेर गम्भीर भए। कवि निमिष झाले ५ हाइकु सुनाए। अन्य कवि विनीत ठाकुर, अमरेन्द्र यादव, रूपा झालगायतले पनि आफना कविता सुनाए। कार्यक्रमको अन्तिममा रूपाले मैथिली बिदाइ गीत गाइन्- बड रे जतन सू हम धिमा बेटी, पोसलौ, सेहो धिमा राम लेने जाइ। ग्यालरी निर्देशक थापाले राजधानी बस्नेलाई मिथिलाको कलासँगै त्यहाँको संगीत र साहित्यबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताइन्।

॰[साभार: न्युजअफनेपाल वेब पत्रिका]

Segments