भाइ–भाइमा त्यो घमासान देखेँ / ज्ञानुवाकर पौडेल

भाइ–भाइमा त्यो घमासान देखेँ
बन्धक आज हरेकका इमान देखेँ

जिन्दगीको यो दुःखद घडीमा आएर
झुठ्ठा र फरेवी तिम्रा ती भगवान देखेँ

तिम्रा मनका हरफहरफमा चियाउँदा मैले
घृणा र उपेक्षाले आहत मुस्कान देखेँ

रूप भो बदनाम ब्यर्थै सौन्दर्य कलंकित भो
निर्लज्ज आज राष्ट्रका हरेक नौजवान देखेँ

खडेरी छ मानवताको सर्वत्र विश्वासको संकट छ
स्वार्थ र जालझेलको त्यो बडेमान मचान देखेँ !

Segments