आँखाभित्र कति कति आँसु लुकेको छ / ललिजन रावल

Author

आँखाभित्र कति कति आँसु लुकेको छ
तिम्रो जस्तै मेरो पनि मन दुखेको छ
 
शहरभित्र मलाई खुशी ठान्छौ भने ठान
भर्खरै त रोई रोई आँखा सुकेको छ
 
आफैलाई फर्की फर्की हेर्दै अघि बढें
जीन्दगीको गोरेटोमा केही छुटेको छ
 
कस्तो कस्तो आवाज सुनें केको होला कुन्नि
ऐना झैं म भित्र शायद केही फुटेको छ
 
अति विकट ठान्थें म त तिमीसम्म पुग्न
विश्वासको अब एउटा बाटो खुलेको छ

Segments