Loading

हिँड्दै गरेको बाटो अचानक हराएपछि / वियोगी बुढाथोकी

हिँड्दै गरेको बाटो अचानक हराएपछि
चोर भागेकोछ छिमेकी कराएपछि

भुक्न छाड्दैन टोक्न पनि बेर लाउँदैन
कुकुरदेिख मानिस आफैँ डराएपछि

यत्रो ठूलो बाल्टिन कसरी भरिएछ
दूध बढ्छ पेट भरिने गरी चराएपछि

आगो हो आगोले पोल्छ भन्ने जान्दाजान्दै
बास पाइँदैन रिसमा घर जलाएपछि

छहारी सुस्ताउनका लागि हुन्थ्यो
कहाँ रहन्छ शीतल रूख ढलाएपछि .

[Abhibyakti]

Segments: 

Comments