Loading

आफैसँग हारेको क्षण / प्रमोद स्नेही

पहाडै पहाडले घेरिएको
राजधानी जस्तै
अभावै अभावको
लक्ष्मणरेखा भित्र कैद छु
बाँसुरी जस्तै कहिले
म झुठो बोल्दिन
र त हरेक जंघारमा
लड्छु
सारङ्गी जस्तै रेटिनु पर्छ
सधैँ मैले
आफ्नै सपनाहरुमा
आफ्नै खुशीहरुमा
किन यसरी आफ्नै
छायाहरुसँग पनि
लुकेर भाग्दै हिड्नु
पर्ने मैले ?
सँधै असहज र अध्यारो
मात्रै पोखिन्छ
मैले हिड्ने बाटोहरुमा
म आफैँसँग सोधिरहेछु
किन विना कसुर पनि
सजाएको स्वीकोरोक्तिमा मैले
सही छाप गर्दै
सधैँ सधैँ हार्नुपर्छ आफैसँग

Author: 
Segments: 

Comments