Loading

हाम्रो पुस्ताको पौरख/ नवराज कार्की

हाम्रा बराजुहरू– 

अक्षर सक्षर चिन्दैनथे

तर पौरख गरेर 'देश' जोड्थे

 

हाम्रा बाजेहरू

स्कूल सिस्कूल जाँदैनथे 

तर देश जोगाउन लड्थे

 

हाम्रा बाहरू

कनीकुथी 'रम्माइन' सम्म पढ्थे 

र दु:खजिलो गरेर घरखेत जोड्थे

 

हामी– 

के के पढ्ने भएकाहरू

के के कलेज गएकाहरू 

के के जोड्दैछौँ र को सित लड्दैछौँ 

छोराले सोध्लान् नसोध्लान् यो प्रश्न

तर नातीहरूले सोध्लान् नि

त्यसै किन छाड्थे ?

 

~ [Rachana 113]

Author: 
Segments: 

Comments