Loading

हाम्रो भाषा र हाम्रा पुस्तक / जगदीश घिमिरे

Booksआफ्नो ६३ वर्षे जीवनमा मूलतः म मेरो मातृभाषाभाषीबीच बाँचेँ, बोलेँ, सुनेँ, सिकेँ, लेखेँ। मैले ४५ वर्षघि थालेको साहित्य सिर्जनाको मूल माध्यम पनि नेपाली नै हो । दुई वर्षेखि म पिँजडाको सुगाजस्तो कोठा, अध्ययन र लेखन-केन्द्रित भएपछि वार्तालापमा मात्र होइन, किताब, छापा, टीभी र एफएमहरूमा नेपाली भाषामा प्रचलित सामयिक शब्द, भाव, शैली र उच्चारणहरूको गतिशीलतासँग पुनः परचिय गर्दैछु।

ठिङ्ग उभिएर 'गइरहनु'’ ः गोष्ठीमा उद्घोषक भन्छन्, "अब हामी कार्यक्रम सुरु गर्न गइरहेका छौँ ।" कता जान लागे भनेर हेर्‍यो, कतै जाँदैनन्, माइकअगाडि ठिङ्ग उभिएर कार्यक्रम सञ्चालन गर्न लाग्छन् । कतै नजानेले भन्नुपर्ने हो, "अब हामी कार्यक्रम सुरु ग‌र्छौँ‌ वा गर्दैछौँ ।" 'गर्नु'लाई 'गर्न गइरहनु' र 'भन्नु'लाई 'भन्न गइरहनु' भन्ने चलनले लगभग विस्थापित गरसिकेको छ ।

अङ्ग्रेजीमा एउटा शब्द छ, 'गो' । अक्सफोर्ड एड्भान्स लर्नर डिक्सनरीमा यस दुई अक्षरको शब्दका तीन दर्जन सोझा र उखान-टुक्कासमेत गर्दा छ दर्जनभन्दा बढी अर्थ छन् । अङ्ग्रेजीमा यस शब्दको प्रयोग यति व्यापक छ कि अङ्ग्रेजहरूले 'अब म जान्छु' भन्नुपर्‍यो भने 'आएइम गोइङ् टू गो' र 'अब म सुत्छु' भन्नुपर्‍यो भने 'आएइम गोइङ् टू स्लीप' भन्छन् । त्यसैको अनुकरण गर्ने हो भने नेपालीमा पनि 'अब म सुत्छु वा खान्छु' भन्नुको साटो 'अब म सुत्न गइरहेको छु' वा 'अब म खान गइरहेको छु' भन्नुपर्ने हो । अङ्ग्रेजीबाट यो हिन्दी हुँदै नेपालीमा आएको अपचलन अग्राह्य हो तर यसले बलियो जरा गाडेको छ ।

'गोठालो’ भावी राष्ट्रपतिः हालै नेपाल टेलिभिजनको एक प्रत्यक्ष अन्तर्वार्तामा प्रस्तोताले नेपालका भावी राष्ट्रपतिलाई 'गोठालो' भनेको क्लिप दोहोर्‍याएर देखाउँदै 'त्यसैदिन छापामा प्रदीप नेपालको एक लेखमा त्यो शब्द पढेको हुनाले आफ्नो मुखबाट अनायास निस्कन पुगेको' बताए । ख्यात्रि्राप्त अक्षरकर्मी प्रदीप नेपालले किन र कुन सर्न्दर्भमा त्यो शब्द प्रयोग गरे, त्यो उनैलाई राम्ररी थाहा छ र त्यसको दायित्व पनि उनैमा छ । तर, टीभी-प्रस्तोताले त्यो शब्द टपक्क टिपरे प्रत्यक्ष प्रसारणको प्रश्नमा हालेर प्रयोग गर्नु मर्यादा अनुरूप थिएन । प्रत्यक्ष प्रसारणमा अनायास आफूबाट अशिष्ट शब्द प्रयोग भएको स्वीकारेर दर्शकसामु आत्मालोचना गर्नु ती टीभी प्रस्तोताको शिष्टता हो ।

'लछारपाटो’ लाउने 'भेडाबाख्रा’ सभासद्ः हालै कान्तिपुर टीभीका एक प्रस्तोताले उद्यमी विनोद चौधरीलाई सोधे, "संविधानसभामा गएर के लछारपाटो लाउनुहुन्छ ?" चौधरीले शिष्टतापूर्वक यस्तो भने, "म आफ्नो दायित्व निर्वाह गर्छु ।" उनै प्रस्तोताले सभासद्हरूलाई 'ह्वार्र आउने, हुर्र जाने भेडाबाख्राजस्ता' भनेपछि पनि चौधरीले शिष्ट जवाफ दिए, "म त्यो सम्मानित सभालाई त्यस्तो किसिमको व्याख्या गर्न सक्तिनँ, चाहन्नँ, तपाईं गर्न सक्नुहुन्छ ।" उनै प्रस्तोताले यसअघिको कार्यक्रममा पनि सभासद्हरूलाई 'भेडाबाख्रा' भनेका थिए । सभासद्हरूलाई बारम्बार भेडाबाख्रा भनेको सुन्दा र कसैले पनि त्यसको प्रतिकार नगर्दा म त्यो लोककथा सम्झन्छु, जसमा बाठो मान्छेले बारम्बार भनिरहँदँ सोझो मान्छेले डोर्‍याएको बोको पनि कुकुर भनिठानिएको थियो ।

हाम्रो भाषाः शब्द-शिष्टाचारको यो मन्थनमा मैले शरच्चन्द्र वस्तीको हाम्रो भाषा नामक किताब सम्झेँ, जुन मैले नरहरि आचार्यको सिफारसिमा पढेको थिएँ । ठीक शब्दलाई ठीकसँग प्रयोग गरेर भाषाको माध्यमले कसरी र्सार्थक सम्प्रेषण गर्नुपर्छ र झुक्किने खाडलहरूबाट कसरी बच्नुपर्छ भन्ने मूलतः व्याकरण विषयक पुस्तक भए पनि हाम्रो भाषा पढ्न थालेपछि छोड्न मन नलाग्ने उपन्यासजस्तो सरस छ । नामी लेखक, सम्पादक र छापाले समेत गर्ने शाब्दिक अपचलन र गलत वाक्य गठनका अनेक उदाहरणहरूले पुस्तक शिक्षाप्रद बनेको छ । ठीक ठँउँमा ठीक शब्द प्रयोग गर्न र उत्कृष्ट नेपाली लेख्न चाहने सबै शब्दकर्मीका लागि यो किताब अत्यन्त उपयोगी छ । हाम्रो भाषा पढेपछि मैले वस्तीजीलाई भेटेर बधाई दिँदै भने, "वार्तालापको नयाँ शैलीमा र्'गर्नुपर्ने'जस्ता शब्दहरू किन र कुन औचित्यले गर्दा 'गर्णु‌ पर्णे' हुन लागेका छन्, त्यो मैले बुझ्न सकेको छैन । 'नेपाली शब्द-प्रयोग कोश' लेखेर 'ठिङ्ग उभिएर पनि गइरहनु पर्ने'जस्ता काम 'गर्णु‌ पर्णे', पातलो 'स'लाई मोटो 'श' उच्चारण गर्ने आदि अनेकौँ अवान्छनीय बाध्यताहरूबाट नेपाली भाषालाई मुक्त गर्ने प्रयत्न गर्नुहोस् न !"

हाम्रा पुस्तकः शिष्ट र मर्यादित मातृभाषा सिकाउने र्सवश्रेष्ठ गुरु स्वविवेकबाहेक अरू कोही र केही पनि छैन । त्यसबाहेक केही छ भने त्यो अब्बल पुस्तकहरू नै हुन् । अब्बल कहलिएका कालजयी पुस्तक चिन्न गाह्रो छैन । तर, सम्भावित पाठकले कुन नयाँ किताब अब्बल हो, अतः अर्थ र समय लगानी गर्न योग्य हो भनेर कसरी चिन्नु ?

नयाँ पुस्तक चिनाउने पहिलो र रोजा स्रोत मर्मज्ञ मित्र नै हुन् । त्यसपछि हुन्- पत्रपत्रिकामा छापिने 'पुस्तक परचिय' । जगत्का सबै फाँटमा अब्बलभन्दा दोयम वा सीमकै आधिक्य हुन्छ । स्रष्टा, कृति, टिप्पणी र टिप्पणीकार पनि यस्तै हुन् । पत्रपत्रिकाका चलनचल्तीका पुस्तक परचियहरूले नयाँ पुस्तकको सामान्य र एकसरो परचिय दिन्छन् । तर, त्यसमा एउटा खतरा छ । कुनै तुच्छमना टिप्पणीकारले कुनै अब्बल पुस्तकलाई 'र्टर्पिडो' गरेर डुबाउने चेष्टा गर्न पनि सक्छ । कुनै उच्चमना टिप्पणीकारले कुनै दोयम वा सीम पुस्तकलाई कृत्रिम वायु भरेको बेलुन बनाएर आकाशमा पुर्‍याउने चेष्टा गर्न पनि सक्छ । सन्तुलित टिप्पणी पनि हुन्छन् तर कम हुन्छन् । त्यसमा वैयक्तिक तुच्छता वा उच्चता मात्र नभएर सैद्धान्तिक वा व्यक्तिगत रुचि र धारणाको पनि भूमिका हुन्छ । कसैलाई कसैको 'सासै गन्हाउँछ' वा 'सासै बास्ना आउँछ' । त्यसको कुनै उपाय छैन ।

तर, त्यसको विकल्पमा एउटा उपाय छ । त्यो हो- प्रकाशोन्मुख वा नवप्रकाशित पुस्तक-अंश छापेर पाठकलाई नै स्वमूल्याङ्कन गर्न अवसर दिने । केही पत्रिकाहरूले प्रकाशोन्मुख अवस्थामै मेरो नयाँ पुस्तक अर्न्तर्मनको यात्राका विभिन्न अंशहरू छापेर आफ्ना पाठकहरूलाई त्यस पुस्तकको स्वमूल्याङ्कन गर्ने अवसर दिएका थिए । मर्मज्ञ सम्पादकहरूले उचित ठहर्‍याएको पुस्तकले यस्तो अवसर पाउनुपर्छ भन्ने मेरो मान्यता छ ।

मैले हालै केही प्रकाशोन्मुख टाइपलिपिहरू पढ्न पाएँ- नारायण ढकालको सय वर्षघिको काठमाडौँको पृष्ठभूमिमा लेखिएको उपन्यास प्रेतकल्प, इशान गौतमको मायालु बतास अनि रङ्गहरू (युरोप नियात्रा), हरहिर खनालका दुई पुस्तकहरू- समयको एउटा रेखाचित्र (उपन्यास) र बेलायतको डायरी (यात्रावृत्तान्त) । यी पुस्तकहरू आ-आफ्ना फाँटका उल्लेखनीय उपलब्धि हुनेछन् भन्नेमा म विश्वस्त छु । मलाई लाग्छ, पाठकले यी पुस्तकहरू किन्ने वा नकिन्ने, पढ्ने वा नपढ्ने निधो गर्नका लागि पत्रपत्रिकामार्फ ती पुस्तकहरूका केही अंश चाख्न पाउनु उचित हुनेछ ।

Comments