Author
माया प्रीतिमा कुनै संयम हुन्न
राजनीतिमा कुनै नियम हुन्न
पछ्याउँदै मलाई किन आउँछ्यौ ?
कविहरूको फेरि घरजम हुन्न ।
***
क कसले के के हो सुनाउन लागे
दुनियाँलाई अनि खुबै हँसाउन लागे
कस्तो जमाना आएछ गीत–संगीतको
जे मनलाग्यो त्यही गाउन लागे ।
***
टल्किँदैमा पँहेलो सबै सुन कहाँ हुन्छ र ?
हरेक बाजामा उस्तै धून कहाँ हुन्छ र ?
उही माटो उही हावा–पानीमा हृर्केको भन्दैमा
सबै मान्छेमाउस्तै गुन कहाँ हुन्छ र ?
***
फूललाई त्यो काँढाले जोगाएजस्तो गरी
मोतीलाई नि समुद्रले छुपाएजस्तो गरी
लुकाएको छु मैले पनि तिम्रो मीठो यादलाई
तिमी चैं बसेकीछ्यौ क्यै था’नपाएजस्तो गरी ।
***
दुनियाँमा आएपछि हेर, जिउनै पर्दो रहेछ
मदिरा होस् कि आँसु पिउनै पर्दोरहेछ
लड्खडाउँछु म कहिले आफैँ सम्हालिन्छु पनि
जति दुखे नि घाउ यो मनको सिउनै पर्दोरहेछ ।
Segments
Language
- 64 views