रिमालका साहित्यिक व्यक्तित्व विकासका मोडहरु र लेखनको खास सक्रियअवधि / रामनाथ बराल

Gopal Prasad Rimalगोपालप्रसाद रिमाल नेपाली काव्य र नाटक साहित्यमा नयाँ आयाम थप्ने एक यशस्वी प्रतिभा हुन् । यिनको जन्म विक्रम संवत् १९७४ जेष्ठमा काठमाडौंको लगनटोलस्थित पैत्रिक घरमा भएको हो । उनको साहित्यिक जीवनको थालनी उनकै स्वीकारोक्ति अनुसार १९९० सालदेखि भएको हो, तापनि प्रकाशित रुपमा १९९२ साल मार्ग, पौष महिनाको शारदा’ मा... प्रति -त्यहाँ मनोरम छहरा नजिक हातमा फूल लिएकी) कविताबाट भएको हो । उनको साहित्यिक जीवनको आरम्भ भएको समय एसियाभर जागृतिको चेतना लहराउँदै गरेको समय थियो । यसले नेपाली युवकहरुलाई पनि आफ्नो प्रभावबाट अलग रहन दिएन । तर राणाशासनमा चेतना एउटा अभिशाप सिद्ध हुन्थ्यो । यसैले गर्दा १९८७ सालको लाइब्रेरी पर्व’ देवकोटाले भोग्नु पर्ने अवस्था आयो । अनि साहित्यकारहरुले आफ्नो मनमा लागेका कुरा सही रुपमा व्यक्त गर्न नपाएर प्रकृतिको ज्ञानतर्फलाग्नु पर्‍यो । सुरुसुरुमा गोपालप्रसाद रिमालमा पनि यही प्रवृत्ति देखापर्छ । उनका कवितामा खास व्रिरोहको भावना त्यति स्पष्ट रुपमा फेला पर्न सक्तैन । राणाहरुको संर्सगबाट विलासिता रिमालको जीवन शैलीमा पनि रहेको बुझिन्छ, जसले गर्दा उनका कवितामा वासनाले निकै अभिव्यक्ति पाएको छ । १९९७ सालको शहीद काण्डले रिमाललाई खास प्रभाव पारेको अनुभव हुँदैन । वर्दिया जानु अघि उनको जे जस्तो व्यक्तित्व थियो, त्यही यसताका पनि रहन्छ ।

गोपालप्रसाद रिमाल बर्दियाको जागिर छाडेर जब मुग्लान पस्छन् र विभिन्न ठाउँ चहार्दै पाण्डिचेरीको अरविन्द आश्रम मा महषि अरविन्दको चिन्तन र काव्यमय दर्शन तथा सत्स· र गीताध्ययन गर्छन्, उनको साहित्यिक व्यक्तित्वको खास स्वरुप निर्माण हुनलागेको बुझिन्छ । गीताध्ययनबाट कर्मवादी बनेका रिमाल क्रमशः एक सशक्त क्रान्ति गायक बन्न पुग्छन् । उनको साहित्यिक व्यक्तित्वको निर्माणमा एशियाभर फैलिएको जागृतिको लहर र दोस्रो विश्वयुद्ध साथै भारतीय स्वतन्त्रता आन्दोलनको प्रत्यक्ष दर्शनबाट पनि प्रभाव र प्रेरणा प्राप्त भएको बुझिन्छ । बर्दियामा अमिनीको जागीर छाडी मुग्लानिएर अरविन्द आश्रम’ मा सत्स· र गीताध्ययनबाट कर्मवादी बनी नेपाल फर्की आउँदा शहीद काण्ड घटिसकेको रहेछ । काठमाडौं फर्किएको एक वर्षछि उनले लेखेको कविता आमाको सपना’ ले उनलाई नेपाली साहित्यका कविताका क्षेत्रमा एक सशक्त प्रतिभाका रुपमा ल्याउँछ भने उनको साहित्यिक व्यक्तित्वको निर्णायक घडी पनि यही हो । 

यसरी गोपालप्रसाद रिमालको साहित्यिक व्यक्तित्वको निर्माणमा सामाजिक, राजनीतिक परिवेशले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । भारतको क्रान्तिलहरको प्रत्यक्ष दर्शन र पाण्डिचेरीको अरविन्द आश्रमबाट र्फकनुभन्दा अघिका रचनामा त्यति महत्वपूण् साहित्यिक मूल्य फेला पर्दैन जति पछिकामा फेलापर्छ । जागृत एसियाको एकलहरको अवलोकन र स्वाध्ययनका क्रममा हिवटमन र वर्नाड शाको अध्ययनबाट उनमा रहेको पहिलेको वासना र प्रेमले नयाँ क्रान्ति स्फुलि·का निम्ति प्रतीक र विम्बको भूमिका खेलेको पाइन्छ । गोपालप्रसाद रिमालको साहित्य साधनाको अवधि लगभग २६ वर्षो छ । यस अवधिमा उनले ५ विविध गद्यलेखका साथै ३७ वटा कविता, २ पूर्णाड्ढी नाटक र २ एकाड्ढी नाटकको रचना गरेको पाइन्छ । उक्त रचनाका आधारमा गोपालप्रसाद रिमालको साहित्यिक व्यक्तित्वको विकास प्रक्रियालाई हर्ेदा यसमा ३ मोड फेला पर्छनः-

१. प्रथम मोड १९९२ सालदेखि १९९९ सालसम्म, 
२. दोस्रो मोड २००० सालदेखि २००४ सालसम्म र
३. तेस्रो मोड २००७ सालदेखि २०१८ सालसम्म । 

यी तीन मोडमा राखेर गोपालप्रसाद रिमालको साहित्यिक व्यक्तित्वको विकास प्रक्रियालाई हेर्दा खास उनको सशक्त अवधि चाहिँ दोस्रो मोड स्पष्टतः देखापर्छ । 

१. पहिलो मोड
गोपालप्रसाद रिमालले आफ्नो साहित्यिक व्यक्तित्वका विकासका प्रथम मोडमा रोमान्टिक भावुकतालाई बढी अँगालेका छन् । नेपाली साहित्यका कविताका फाँटमा लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठले जुन धारामा कविता लेख्तै थिए, त्यही परम्परालाई अँगालेर रिमाल कविताका क्षेत्रमा देखापर्छन् । यस मोडमा रिमालले १६ वटा कविता लेखेका छन् । सङ्ख्यात्मक दृष्टिले प्रथम मोडमै आफ्ना कविताको झण्डै आधा भाग सिर्जिए पनि नेपाली साहित्यको इतिहासमा कवि रिमालको जे जस्तो स्थान र योगदान छ त्यस दृष्टिले प्रथम मोडका कविताले नेपाली गद्य कविताका प्रवर्तकमा योगदान दिनु बाहेक कुनै ठोस गुणात्मक काव्यमूल्य प्राप्त गर्न नसक्ने देखिन्छ । वस्तुतः कवि र राजनैतिक रिमालकै द्वन्द्वात्मक संश्लेषणबाट साहित्यकार रिमालको खास व्यक्तित्व खडा हुन पुग्छ । 

प्रथम चरणका रिमालका कवितामा प्रेम सर्वोपरि छ । प्रेम क्रान्तिका प्रतीकका रुपमा दोस्रो चरणका रिमालका कवितामा आएको हुन्छ भने प्रथम चरणमा क्रान्ति तत्व र प्रतीक शक्ति फेला पर्न सक्तैन । त्यसैले रिमालको साहित्यिक व्यक्तित्वको विकास प्रतिक्रियाको यस प्रथम मोडलाई मूलतः आभ्यासिक मोड भन्न सकिन्छ । साहित्यकार रिमालको जग चाहिं यस मोडमा बस्न पुग्छ । उनले यही मोडमा लेखेको कविको गान’ कविता नेपाली कविता परम्परामा नयाँ पाराको देखापर्छ । यसमा विषयगत र शैलीगत भिन्नता पाइन्छ । खास गरी रिमालले यस मोडमा याउरे र लयात्मक -मात्रा छन्दको आसपास तर गद्य कवितातर्फउन्मुख) कविता नै बढी लेखेका छन् । कविको गान’ रजत जयन्ती’ विलौना’ कुर्लिन घाट’ र मृत्यु’ चाहिं गद्य कविता हुन् । यस मोडका यी बाहेक अरु सबै कविता लयात्मक र µयाउरे कविता हुन् । यी लयात्मक याउरे र गद्य कवितामा रिमालको रोमान्टिक प्रवृत्ति स्पष्ट उत्रेको छ । 

२. दोस्रो मोड
गोपालप्रसाद रिमाल क्रान्तिकालीन भारतको आन्दोलन र अरविन्द आश्राममा गीताध्ययन गरी कर्मवादी बनेर वि. स. १९९९ मा काठमाडौं र्फकन्छन् । शिक्षा, दीक्षा र स्वाध्ययनका साथै साहित्यिक तथा राजनीतिक, सामाजिक परिवेशबाट प्रेरणा र प्रभाव प्राप्त गरिसकेका रिमालमा साहित्यिक व्यक्तित्व र राजनैतिक व्यक्तित्वको द्वन्द्वात्मक संश्लेषण यतिखेर देखापर्छ । यही द्वन्द्वले उनका रचनामा उर्वरता पनि ल्याउँछ । पहिलो मोडमा प्रेमले मात्र अभिव्यक्ति पाउँदथ्यो भने यसमा आइपुग्दा प्रेम र क्रान्ति -श्रृंगार र वीररसका भाव) समान रुपमा देखापर्छन् । प्रेम र क्रान्तिले अब प्रस्तुत र अप्रस्तुत भावका रुपमा सशक्त कार्य गरिरहेका हुन्छन् । यसैले गर्दा रिमालको साहित्यिक व्यक्तित्व विकासमा प्रेमका प्रतीकद्वारा क्रान्तिको तीब्र अर्थःध्वनित हुने यो मोड महत्वपूर्ण साबित हुन्छ । रिमालका रचनामा पाइने बढी शैलीगत सुकुमारता, सुकोमलता तथा ललितता जस्ता मूलभूत लक्षणहरु यस मोडमा रापिएर आउँछन् । रिमालले प्रेमदेखि मातृत्वसम्म पुगी प्रतीकात्मक रुपमा मार्मिक क्रान्तिगाथा गाउन सफल भएको अवधि यही दोस्रो मोड हो । 
नेपाली भाषानुवाद परिषद्मा जागीरे भई रिमालले आफ्ना प्रेम’ र मसान जस्ता महान् नाटकको रचना गरेको अवधि पनि यही दोस्रो मोड हो । यी दुवै नाटक रिमालको कविता शक्ति उच्चतम विन्दुमा रहेका बखतमा रचना भएकाले यिनको गद्यशैली प्रशस्त काव्यात्मक पाइन्छ । बालकृष्ण समका उच्च क्लासिकल नाटक र भीमनिधि तिवारीका सरल यथार्थवादी नाटकका बिचबाट नेपाली नाटकमा रिमालले नयाँ आयाम थपेको अवधि पनि यही दोस्रो मोड हो । 

नेपाली साहित्यका इतिहासमा कवि रिमाल र नाटककार रिमालको जे जस्तो स्थान र योगदान छ त्यसको पर्ूण्ास्वरुप यही खडा हुन्छ । नाटककार व्यक्तित्व र कवि व्यक्तित्वको जम्काभेटले गर्दा यो चार वर्षो अवधि साहित्यकार रिमालको सुनौलो अवधि हो । उनको साहित्यिक व्यक्तित्वको खास चरमोत्कर्षयही अवधिका रचनामा प्राप्त हुन्छ ।

३. तेस्रो मोड 
गोपालप्रसाद रिमालको साहित्यिक व्यक्तित्वका विकास प्रक्रियामा देखापरेको तेस्रो वा अन्तिम मोड २००६ सालदेखि २०१८ सालसम्मको हो । यस मोडलाई उनको साहित्यिक व्यक्तित्वको रहलपहल अवधि पनि भन्न सकिन्छ । यस अवधिमा रिमालले दशवटा कविता र दइ एकाड्ढी नाटक -माया र नेपाली संस्कृति) ­हुन त रिमालको दोस्रो एकाड्ढी नाटक नेपाली संस्कृति’ मा २००३ सालतिरको उनको विचारले प्रशस्त अभिव्यक्ति पाएको बुझिन्छ, तर यस एकाड्ढीका पात्र नरप्रसादको यस भनाइनेपाली देशलाई नेपाली भेषलाई नेपालीले माया मार्‍यो बरिलै’ले यसको रचना वि. स. २०१७ को शुरुमा नै भएको स्पष्ट हुन्छ । अनि विजय मल्लसँगको छलफलले गोपालप्रसाद रिमालको प्रथम नाट्य कृति नै माया एकाड्ढी हो भन्ने कुराको पुष्टि हुन आउँछे को रचना गरेको स्पष्ट देखिन्छ । गोपालप्रसाद रिमालले यही तेस्रो मोडमा प्रति’ -ओ युवती ö ओ रुपवती  जस्तो ओजस्वी कविता लेखेर नेपाली साहित्यमा एउटा नयाँ हलचल नै मच्चाइदिए । दोस्रो मोडका’, आमाको सपना’, सान्त्वना,’ सपनामा’ र आमाको वेदना’ पछि यस ....प्रति’ कविताको पनि विशेष महत्व रहेको छ । तर यति हुँदाहुँदै पनि रिमालको यो मोड दोस्रो मोड जति उर्वर हुन सक्तैन । उनी यस मोडका कवितामा विसृङ्खल र अस्पष्ट समेत ठाउँ-ठाउँमा देखिन्छन् र उच्च मूल्यका उनका कविता कमै देखापर्छन् । दोस्रो मोडको अपेक्षा यस मोडमा उनको रचना शक्ति निकै शिथिल देखापर्छ । दोस्रो मोडमा पाइने निर्मलता र तीक्ष्णता यस मोडका यी मानसिक रुपमा अस्वस्थ्य रिमालका रचनामा त्यति पाइदैन । नाटकका क्षेत्रमा पनि उनका दोस्रो मोडका महान् नाटक मसान’ र यो प्रेम ’ पूर्णाड्ढी नाटकका तुलनामा तेस्रो मोडका माया’ र नेपाली संस्कृति’ एकाड्ढी नाटकको स्थिति उत्कर्षय देखिंदैन । खास गरी साहित्यकार रिमालको उर्वर व्यक्तित्व राजनीतिक व्यक्तित्व र साहित्यिक व्यक्तित्वको द्वन्द्वात्मक संश्लेषणबाट सिर्जिएको हुनाले राजनीतिक व्यक्तित्वमा डुब्नासाथ र अझ असफल हुनासाथ उनको साहित्यिक व्यक्तित्व पनि शिथिल र अरु दुघटनाग्रस्त हुन पुग्छ भने दोस्रो मोडका सापेक्षतामा उनका तेस्रो मोडका रचनाको मूल्य कम हुन स्वाभाविकै र्ठहर्छ ।

४. निष्कर्ष
गोपालप्रसाद रिमालको साहित्यिक व्यक्तित्वको विकास प्रक्रियाका तीन मोड फेला परे तापनि उनको लेखनको खास सक्रिय अवधि चाहिं २००० सालदेखि २००४ सालसम्म देखापर्छ । पहिलो मोडमा उनको साहित्यिक व्यक्तित्वको बीजारोपण हुन्छ भने त्यसले परिपक्क बालीनाली दिनसक्ने अवस्था दोस्रो मोडमा प्राप्त गर्छ । शिक्षा, दीक्षा, स्वाध्ययन र साहित्यिक तथा सामाजिक राजनैतिक परिवेशले मलजल गरेको रिमालको साहित्यिक व्यक्तित्वको विरुवा २००० सालदेखि २००४ सालका बीचको समयमा लटरम्म भएर फल दिन सक्ने स्थितिमा पुग्छ । यही अवधिमा भीमनिधि तिवारीले थालेको यथार्थवादी नाट्य प्रवृत्तिलाई स्तरीयता दिंदै नाटक समेत लिएर रिमाल देखापर्छन् । रिमालको नाटककार व्यक्तित्व र कवि व्यक्तित्वको सह-अस्तित्वको बखत यही अवधि हो । तेस्रो मोड चाहिँ साहित्यकार रिमालको साहित्यिक व्यक्तित्वको विकासका सर्न्दर्भमा रहल-पहलका रुपमा मात्र देखापर्छ । साहित्यिक व्यक्तित्व र राजनीतिक व्यक्तित्वको द्वन्द्वात्मक संश्लेषणबाट सशक्त साहित्यकार रिमालको जन्म भएको हुनाले राजनीतिक व्यक्तित्व असफल हुनासाथ मानसिक अस्वस्थताको फलस्वरुप उनको साहित्यिक व्यक्तित्व पनि क्षत-विक्षत हुन पुगेको निष्कर्षनिक्लन्छ ।

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom