Loading

कुण्ठित मनका सृजनशील डोबहरूको विमोचन

Kohalpur Ghazalकोहलपुर, ४, मंसिर / आज एक कार्यक्रमका बीच गजल संग्रह ‘कुण्ठित मनका सृजनशील डोबहरू’को विमोचन गरिएको छ । साहित्यलाई संरक्षण र सम्वर्धन गरौं भन्ने नाराका साथ पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा बाँकेको चिसापानीमा उक्त कृतिको विमोचन गरिएको हो ।

गजलकार खेमबहादुर बुढा र कुशा बुढाको गजल संग्रहको विमोचन प्रमुख आतिथि तथा साहित्यकार भानुभक्त भट्टराईले गर्नु भएको थियो । सो कार्यक्रममा  चिसापानीका गाविस सचिव धनबहादुर नेपाली, राजनीतिकर्मी प्रकाशबहादुर शाही, शिवराज बि.सी. लिलाराम पुरी, कृष्णबहादुर शाही लगाएतले कृतिकारलाई शुभकामना दिनुभएको थियो । सो कार्यक्रममा गजलकार महानन्द ढकाल, कपिल अन्जान, विक्रम शिशिर, बेगम थापा ‘निश्चल’, हुकुम धड्कन, शैलेश जीवि मल्ल, कमल विस्थापित, मनबहादु विक ‘सल्यानी’, शुशील थापा, मानव नेपाली लगायतले रचना वाचन गरेका थिए । मोफसलको साहित्यलाई माथि उठाउने उद्धेश्यका साथ पूर्णिमा साहित्य प्रष्ठिानले तेह्रौ प्रकाशनका रूपमा यो कृति प्रकाशित गरेको हो ।

Segments: 

Comments