गरिबी उन्मूलन / वैद्यनाथ उपाध्याय

Garibवाङ्मयको उद्घोष छ

दीनदरिद्रहरू नै

साक्षात नारायणका रूप हुन् । 

दरिद्र नारायणको 

सेवाका निम्ति

देशको सरकार चलेको छ

धूवाँको मुस्लो उडाउँदै

दीनदरिद्रहरूको निम्ति

गुडुल्किरहेछन् नेताहरूका

शीत-ताप नियन्त्रित वाहनहरू

परिवर्तनको सोच राख्ने

नामी भलाद्मीहरू

दरिद्रअवस्थामा परिवर्तन आओस् भन्दै

एउटा च्यानलबाट अर्को च्यानल तर्फ दगुरिरहेछन् । 

दरिद्रताको खलबली

अब देशको संसदमा मच्चिँदैछ

नेताहरूको मनमस्तिष्कबाट

दरिद्रताको 

नयाँ संस्कार बोलिरहेछ

हत्यारा, बलात्कारी, लुटेरा

जे नै भए पनि

दीनदरिद्रहरूको सेवा गर्ने

अधिकार उनिहरूको नै छ ।

अब दरिद्रताको उन्मुलनका निम्ति विदेशको लगानी भित्र्याइँदैछ

झुग्गी-झोपडीहरूमाथि

बुलडोजर चलाएर

ठूलाठूला उद्योगहरूको 

जग बसालिँदैछ ।

राजधानीका शीत-ताप नियंत्रित कोठाहरूबाट

लगातार आफ्नो भलाइमा

गरिबी म्यान्डेटको 

पाठ पढाइँदैछ । 

देशले आज धेरै प्रगति गरेको छ । 

दरिद्रता गाउँमा होस् 

अथवा

मान्छेको मनमस्तिष्कमा

दरिद्रता दरिद्रता नै हो । 

मेरो भनाइ यो छ कि,

दरिद्रता त मानिसकै लागि हुन्छ

जन्मैदेखि हरएकले चाहेको हुन्छ सम्पन्नता

बाहिरी विपन्नताको त

कुनै उपाय होला

तर

मनमस्तिष्कलाई नै

जकडने यो दरिद्रताको

उन्मूलनको लागि

म सोध्छु

यो देशमा कुन योजना छ?

सबा सौ करोडको देश

आज मौन छ ।

 

(खंखलाबारी, उडालगुरी-७,
आसाम, भारत)

Segments