Loading

गणेश रसिकलाई प्रवासी प्रभात पुरस्कार

काठमाडौं, जेष्ठ २७ / साहित्यकार गणेश रसिकलाई 'प्रवासी प्रभात पुरस्कार २०६७' प्रदान गरिने भएको छ । ब्रुनाईमा सम्पन्न प्रवासी नेपाली साहित्य समाजको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली साहित्य र सङ्गीत क्षेत्रमा निरन्तर योगदान गरेप्रति रसिकलाई उक्त पुरस्कार प्रदान गरिएको समाजका उपाध्यक्ष विश्वासदीप तिगेलाले विज्ञप्तिमा जनाएका छन् ।

लेकाली समूहका संस्थापक रसिकका दुई कथा सङ्ग्रह क्षितिजलाई छुन खोज्दा २०२४, एउटा साराङ्गीभित्र २०२८, रसिकका गीत सङ्ग्रह २०४५ र दशगजामा उभिएर २०६३ (निबन्ध सङ्ग्रह) प्रकाशित छन् । त्यसैगरी गीति एल्बम 'अन्तराल' लगायत दर्जनौं लोक तथा आधुनिक गीत गाएका छन् ।

त्यस्तै गोर्खा विकास बैंकका पूर्व अध्यक्ष डी. बी. बमजनलाई प्रवासी सम्मान २०६७ प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । 'बमजनले लामो समय बेलायती गोर्खा सेनामा रही अनुशासन, इमान्दारिता र बफादारिता सिकेर समाजका लागि उपयोग गर्दै आउनु भएको छ', बैकको बिषयमा हाल जेलमा रहेका बमजनबारे भनिएको छ ।

[source: ekantipur.com]

Segments: 

Comments