Author
गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला
एक्लै तिमी नआऊ म मातिएको बेला
यी मेरा हातहरूले कहीं घात गर्न सक्छ
अनि प्यारो गर्दा गर्दै पाप पनि गर्न सक्छ
रूपको के मुल्य हुन्छ म पशु भएको बेला
एक्लै तिमी नआऊ, म मातिएको बेला
कहीं धर्म गर्ने निहुँमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाँधी अत्याचार हुन नपाओस्
मेरा कामनाहरुले मलाई हराइदिन्छन्
तिमी भन्दा तिम्रो यौवन कहीँ मन पराइदिन्छन्
रक्षक मलाई नसम्झ, राक्षस भएको बेला
एक्लै तिमी नआऊ, म मातिएको बेला
शब्द/संगीत: गोपाल योञ्जन
स्वर: नारायण गोपाल
Segments
Language
- 29 views