गहिराइमा डुब्दै नडुब/ नीर शाह

गहिराइमा डुब्दै नडुब
डुबिसकेको छौ भने मोति नटिपी नफर्क

पन्छिएर हैन गहिरिएर जाऊ
जीवनलाई बुझ्ने रहर छ भने
कि त लुकेर बस मृत्यु कुरेर
समस्याहरूसँग डर छ भने

आउँछन् धेरै उकालो ओरालो
एकनास पाइला चाल्दै जाऊ
लक्ष्यमा पुग्न सजिलो हुँदैन
आत्तिएको मनलाई सम्हाल्दै जाऊ


शब्द - नीर शाह
स्वर - प्रकाश श्रेष्ठ
संगीत - शम्भुजीत बाँस्कोटा

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom