प्रथम अन्तराष्ट्रिय नेपाली महिला साहित्यकार सम्मेलन हुने

No votes yet

२९ मे/ नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले प्रथम अन्तराष्ट्रिय नेपाली महिला साहित्यकार सम्मेलन गर्ने भएको छ । अमेरिकाको वासिंगटन डिसीमा आगामी जुलाईको पहिलो हप्तामा हुन लागेको एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को २९ औं वार्षिक सम्मेलनको अवसरमा प्रतिष्ठानले उक्त सम्मेलन आयोजना गर्न लागेको हो ।

प्रतिष्ठानका सदस्य सचिव हेमन्त श्रेष्ठका अनुसार सम्मेलनको तयारीका लागि नारी साहित्यकारहरू सम्मिलित प्रथम अन्तराष्ट्रिय नेपाली महिला साहित्यकार सम्मेलन समिति गठन गरिएको छ । सीता पाण्डेको संयोजन तथा नीलम कार्की निहारिकाको सह-संयोजनमा गठित उक्त समितिका सदस्यहरूमा गंगा लीगल, सीता खरेल, नम्रता गुरागाई , पूनम काफले, पुस्पा गौत्तम, पल्पशा, प्रमिला शर्मा, बिटु केसी, भगवती न्यौपान, मोहनी श्रेष्ठ तथा शान्ता घिमिरे रहनु भएको छ ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.