Loading

मानवताका शायर फैज/ रामदयाल राकेश

फैज अहमद फैजको जन्म फरवरी ३, १९११ मा अविभाजित भारतको काला कादरे गाउँ सियालकोट -वर्तमान पाकिस्तानस्थित) मा सुल्तान मुहम्मद खानको घरमा भएको थियो । उनको प्रारम्भिक शिक्षा पारम्परिक ढङ्गबाट टोलको मस्जिदमा धर्मशिक्षकबाट सुरू भएको थियो र उनले सियालकोटको स्कौच मिशन स्कुलबाट मैटि्रक परीक्षा पास गरेका थिए । मूरे कलेजमा पढ्दा उनका गुरू थिए शम्सुल उल्लामा सैयद मुहम्मद जुन प्रसिद्ध दर्शनशास्त्री कवि अल्लामा इकवालका पनि गुरू थिए । तत्पश्चात् उनले लाहौरको सरकारी कलेजबाट अङ्गे्रजी साहित्यमा एम.ए. पास गरे र ओरिएन्टल कलेजबाट एम.ए. अरबीको डिग्री हासिल गरे ।

सन् १९३५ मा उनले अमृतसरको एम.ए. ओ कलेजमा पनि यसै पदमा कार्यरत रहे । त्यसपछि सन् १९३६ मा जब सज्जाद जहीरले हिन्दुस्तानमा अखिल भारतीय प्रगतिशील लेखक सङ्घ -अंजुमन तरक्की पसंद मुस्सनाफिन ए हिन्दी) सुरू गरे तब फैजले पंजाबमा त्यसको शाखा खोले र यसको सेक्रेटरी पदमा नियुक्त भए । उनले वि्रटिश इन्डियन आर्मीमा पनि काम गरे र लेफ्टिनेन्ट कर्नेल बने तर सन् १९४७ मा उनले सो पदबाट राजीनामा दिए । त्यसपछि उनले पत्रकारिता जगत्मा पदार्पण गरे र पाकिस्तान टाइम्सको पहिलो सम्पादक बने । सन् १९५९ मा पाकिस्तान आर्ट काउन्सिलको सेक्रेटरी बनेर कला क्षेत्रमा पनि कीर्तिमान स्थापित गरे । त्यसपछि उनी दुई वर्षसम्म पाकिस्तानबाट बाहिर गएर काम गरे र सन् १९६४ मा फर्केर आएपछि कराँचीमै बसे । त्यहाँ उनी अबदुल्ला हारून कलेजमा प्रधानाचार्य बनेर काम गरे । केही वर्षपछि सन् १९७७ मा सैनिक विद्रोहपछि उनी बेरूत गएर बसेर फिलिस्तानी नेता यासर अराफातको साथमा बस्न थाले । त्यहाँ उनले एसियाको प्रसिद्ध पत्रिका 'लोटस' सम्पादक बने । सन् १९८२ मा उनी फेरि फर्केर पाकिस्तान आए र लाहौरमा नोभेम्बर २०, १९८४ मा उनको असामयिक निधन भयो । यसरी शायरीका हस्तीको जीवनयात्राको अन्त्य हुँदा शायरी जगतनै शून्य भएको महसूस हुन थाल्यो ।

फैज अहमद फैजको शायरीको दुईवटा प्रमुख पाटो थियो । यो तथ्य उनको निम्नलिखित शेरबाट थाहा हुन्छ ।

'मुकाम - ए - फैज कोइ राह में जचा ही नहीं

जो कुए यार से निकले तो सूएदार चले ।'

एकातिर उनको शायरीको मुख्य वण्र्य विषय मायाको रंगीन दुनिया हो भने अर्कोतिर राजनीतिक विचार र सिद्धान्त पनि उनको लेखकीय व्यक्तित्वको परीक्षण बन्यो । अर्थात् उनको शायरी जगतमा 'जिस्मानी' -शारीरिक रोमान्स) को साथसाथै राजनीतिक निरसताको पनि निर्वाह भएको पाइन्छ । फैज यसको नमूना बने र यसैकारणले एउटा प्रसिद्ध शायर पनि । उर्दू शायरी जगत्मा गालिब र मीर तथा फैज त्रिमूर्तिको रूपमा चिर कालसम्म चम्किरहने अमर नक्षत्र हुन् । फैज अहमद फैज जीवनको हरेक क्षेत्रमा सफल भए । यस सफलताको सूचना र सन्देश उनको निम्नलिखित शेरबाट संपे्रषित भइरहेछ आज पनि ः -

'इस तरह अपनी खामोशी गूंजी

गोया हर सक्त से जवाब आए

फैज थी राह सर-ब-सर मंजिल

हम जहाँ पहुँचे कामयाब आए ।'

बीसौं शताब्दीका नामूद शायरहरूमा फैज अहमद फैजको नाम स्वणर्ाक्षरमा अंकित उनको अतुलनीय योगदान अविस्मरणीय हुन गएको छ । उनी एउटा क्रान्तिकारी शायरको रूपमा विश्वविख्यात भएका छन् । यति मात्र होइन आˆनो गजबको शायरीको कारणले उनी आज शायरी जगतमा एउटा कहिले पनि नबिर्सिने व्यक्तित्व बनेका छन् । पे्रम, प्रणय रङ्ग र रोमान्सको अतिरिक्त पनि दुनियाँमा धेरै कुराहरू छन् जसलाई एउटा युग शायरले बिर्सनु हुँदैन । यो पनि उसको दायित्व र कर्तव्यको सीमा भित्रनै पर्दछ । तसर्थ उनले घोषणा गरे -

"और भी दुःख हैं जमाने में मुहब्बत के सिवा

राहतें और भी हैं वस्ल की राहत के सिवा ।'

एउटा कविका लागि एउटा सच्चा र सहृदयी कविका लागि रोजी रोटीको समस्या उतिनै जटिल र जरूरी छ जति रतिको समस्या । आजको युगको सबैभन्दा ठूलो समस्या हो बेरोजगारी यसलाई कुनै पनि कविले कम आँकन गर्न सक्तैन । फैजले पनि सकेनन् अनि उनले यो शेर लेखे -

'दुनियाँ ने तेरी याद से बेगाना कर दिया

तुझसे भी दिल फरेव है गम रोजगार के ।'

हरेक सच्चा कवि वाक्स्वतन्त्रताका पक्षधर हुन्छ । यसको प्रति प्रतिबद्ध हुन्छ र यसका लागि प्रतिज्ञाबद्ध पनि । एउटा सच्चा र समर्पित कविले साँचो कुरो जुनसुकै हालतमा पनि बोलिनुपर्दछ नत्र सत्यको हत्या हुन्छ, स्वतन्त्रताको निर्मम हत्या हुन्छ । वाकस्वतन्त्रताका पक्षधर र प्रतिबद्ध शायर फैज अहमद फैजको आत्माको आवाज हो ।

उर्दू शायरी पे्रम प्रणयका लागि प्रख्यात छ तर फैजले देशका धरातलीय यथार्थलाई चटक्कै बिर्सेर माया पे्रमको दुनियाँमा आफूलाई सीमित गर्न चाहेनन् बरू उनी मानिसको दुःख दर्द, आवाजहीनको आवाजका अर्गदूत भएर आफूलाई शायरी जगतमा अग्रसारित गरे र यसमा उनलाई पूर्ण सफलता पनि प्राप्त भयो । उनले जब पत्रकारिता गर्न थाले तब त झन् एउटा उपयुक्त माध्यम पाए र पत्रकारिताको माध्यमबाट आˆनो हृदयको कुरा दुनियाँलाई सुनाउन थाले । दुनियाँभरका बच्चाहरूको व्यथा एवं वेदनाको अभिव्यक्तिको एउटा नमूना प्रस्तुत छ -

'मत रो बच्चे रो रो के अभी,

तेरी अम्मीकी आँख लगी है,

मत रो बच्चे कुछ ही पहले

तेरे अब्बा ने

अपने गम से रूख्सत ली है ।'

यो रचना विश्वभरिको बच्चाका लागि सही र सान्दर्भिक साबित भयो । प्रसिद्ध हिन्दी साहित्यकार उपेन्द्रनाथ अश्क ले फैज अहमद फैजको काव्यकारिताको संक्षेपमा उल्लेख गर्नुभएको छ जुन यहाँ सान्दर्भिक होला ।

'फैजको काव्यमा रूमान र यथार्थताको केही अनौठो जस्तो सम्मिश्रण छ उनका केही कविताहरूमा जसमा 'सियासी लिडरको नाम विशेष उल्लेखनीय छ, तीखो व्यङ्ग्य पनि छ तर हास्यको उनको काव्यमा कहीं कतै भेटिदैन ।'

अश्क ः फैज अहमद फैज, नयाँ ज्ञानोदय २०१० दिसम्बर अंक ।

फैज अहमद फैजको शायरीमा पनि राजनीतिको रङ्ग मिसेको हुन्छ । उनको शब्द सदैव द्वय अर्थी हुन्छ । उनको स्वरमा माधुर्य नभए पनि काव्य मार्धुर्य पाइन्छ जुन स्रोताहरूलाई मन्त्रमुग्ध पार्नमा सफल हुन्थ्यो ।

फैज अहमद फैजको एउटा लोकपि्रय शायरी यहाँ प्रस्तुत गरिन्छ ः

'मुझसे पहली सी मुहब्बत मेरी महबुब न मौग

मैने समझ था कि त है तो दरख्शा है यात

तेरा गम है तो गम ए दहरका झगडा क्या है

तेरी सूरत से है आलम मै बहारोंको सबात

तेरी आँखो के सिवा दुनियाँ मै रक्खा क्या है

तू जो मिल जाए तो तकदीर नगूँ हो जाए

यूँ नथा मैने फकत चाहाथा यूँ हो जाए ।'

अश्कले फैज अहमद फैजको शारीरिक बनौटको शब्दचित्र यसरी कोरेका छन् जसबाट उनको शरीर र उनको बानी व्यहोराको बारेमा पाठकलाई एउटा संक्षिप्त परिचय प्राप्त हुन सक्तछ 'आज फैज बहुत भोदे औरे किंचित भद्दे लगते हैं, शराबकी कसरत ने उनकी शरीरको ढिला ढाला बना हिया है, लेकिन मेरी आँखा मैं आज भी उनकी वह छवि है, जो मैने हलका - ए - अरबाव - ए - जौककी मीटिङ मे देखी थी पतले छरहरा तो नहीं, गढा हुआ दाहेरा शरीर, लम्बी नाक, चौडा माथा, मुहँपर ढेर सारे मुहम्से और निहायत खूबसुरत गहरे रंगका काटे । चेहेरेके मुँहासों के बाबजूद फैजे खुश शक्ल लगतेथे ।'

समग्रमा के भन्न सकिन्छ भने फैज अहमद फैज मानवताका शायर थिए । उनका शायरीको अनुवाद धेरै भाषामा भयो । उनको शायरीमा गजल गाउनेहरूमा प्रसिद्ध थिए बेगम अख्तर, मेहन्दी हसन, इकबाल बानो, आविदा परबीन र गुलाम अली । उनी उर्दू काव्य साहित्यका अमर विभूति थिए ।
[First published in Gorkhapatra]

Comments