Essay

Nepali Essay निबन्ध

History of Bikram Sambat in Nepal: A Retrospect/ Dirgha Raj Prasai

Bikram Sambat is the glory of Nepal. We the Nepalese people are lucky because Nepal was never captured by foreign imperialists. The continual practice of Bikram Sambat in Nepal is powerful proof against imperialists’ attempt to hold Nepal. Bikram Sambat- 2068 starts from Mekh Sankranti-1st of Baishk-Apr.14. Bikram Sambat (BS) is an ancient and original Era of Nepal in Himavatkhanda.
Segments
Language

शाश्वत हुँदैन कुनै पनि अर्थ / कालीप्रसाद रिजाल

साहित्यमा रमाइलो कुरा के छ भने लेखकले लेख्छ, अर्थ लगाउँछन् अरूहरूले । रचना प्रकाशित भएपछि त्यसको आफ्नै अर्थ लगाउन वा आफ्नै किसिमले ग्रहण गर्न पाठक स्वतन्त्र हुन्छन् । सार्वजनिक भएको रचना रचनाकारको वशमा हुँदैन ।

Segments

कविताको कमाल / रामकुमार पाँडे

हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल ।

Segments

बूढो पीपलबोट र नयाँ पुस्ताको आगमन / नरेन्द्र परासर

छेउछाउका ध्वाँसे रक्सीभट्टीबाट बाहिर निस्किँदा कहिलेकाहीँ आपसमा हिलो छ्यापाछ्याप गरे पनि पीपलबोटको फेदबाट स्रष्टाहरूले चर्को स्वरले शाही प्रज्ञा-प्रतिष्ठानको रंगरोेगनको स्वरूपलाई सदैव चुनौती दिइरहे

Segments

मिथिलामा मदनोत्सव / डा. रामदयाल राकेश

सम्पूर्ण मिथिलाञ्चलमा मनाइने फाल्गुणोत्सवलाई मदनोत्सव पनि भनिन्छ । यसलाई वसन्तोत्सव, कामोत्सव, अर्नगोत्सव र मदन महोत्सव पनि भनिन्छ । मधु उत्सव, चैत्रोत्सव आदि नामबाट पनि यसलाई सम्बोधन गर्ने गरिन्छ । मदन कामको देवता मानिएकाले यस पर्वलाई मदनसित जोडिएको छ । यस पर्वको धेरै लामो परम्परा रहेछ । संस्कृत साहित्य धेरै समृद्धशाली, सम्पन्न र सुरुचिपूर्ण रहेको कुरो पनि र्सवविदितै छ । संस्कृत साहित्यमा यसको राम्रो वर्ण्र्ाागरिएको पाइन्छ । 'शृंगार मञ्जरी कथा' र 'काव्य विवेकमा' यसलाई काम महोत्सव भनिएको छ । 'रत्नावली' र 'भविष्य पुराण'मा यसलाई मदन महोत्सव र चैत्रोत्सव भनेर वर्ण्र्ाागरिएको छ । भविष्यपुराणको

Segments

उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनेर सम्बोधन गरुँ ?

- कृष्णचन्द्रसिंह प्रधान

दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ?

Segments

शेक्सपियर, हामी र मर्ने सालिकहरू / कृष्णचनद्रसिंह प्रधान

बेलायतमा जाँदा शेक्सपियरको जन्मथलो नहेरी र्फकन्न- मैले अठोट गरेको थिएँ । भनूँ भने शेक्सपियरकै नामबाट पनि बेलायत प्रसिद्ध भयो । त्यहाँको माटो, हावापानी, पर्यावरण सबै पवित्र सम्झियो । अब त मिथक भइसके उनी । पुराणका, मिथकजस्तो, मिथकहरूको कथाजस्तो, वाल्मीकि, व्यास, गिलगमेसजस्तो पनि ।

भरखरै उनको एउटा अर्को तस्बिर सार्वजनिक गरिएको छ । यो तस्विर उनको मृत्युको छ वर्षअघि मार्टिन डोरसाउनले बनाएका हुन् भन्ने उनका अनुयायी स्टेन्ले वेल्सको अनुमान छ । अनि तस्विर हेरेर शेक्सपियरलाई 'हिरोकवि' भने ।

Segments

छोटा किस्सा / लक्ष्मीप्रसाद देवकोटा

छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ । ठूलोभन्दा सानो झन् ठूलो छ, अनन्त पनि संकेत र मूर्तिमा प्रतिविम्बित हुन्छ । आजकल लन्डनमा सेन्ट पालको सुई मुसाभन्दा छिटो दगुर्दछ, आधुनिक जीवनको संकीर्णताको सबब र समयको घोडदौडका कारण छोटो किस्सा टेबुलमाथिको आँपभन्दा मीठो सम्झिइन्छ । वास्तवमा छोटकरी रचना नै आजकल सच्चा साहित्य बनिरहेछ।

नेपालमा पचासगजे नालिसको समय अझ राम्ररी छुटेको छैन । त्यसकारण कथा पनि थाङ्ने लम्बे हुनु अप्राकृत होइन । तर, थोरैमा मीठो र भरलिो हुनु छोटो किस्साको पानी हो ।

Segments

सबै धाँजा परेको छ यहाँ

यता साउन महिना ढल्न आँटेको छ, अझै पानी परेको छैन । काठमाडौँको आकाशमा कताकति बादलका टाटा देखिन्छन् । अलिकति आश लाग्छ तर ती प्रत्येक दिन देखिन्छन्, बिलाउँछन् । सगर डढेर सन्ध्या रातो हुन्छ, बिहान छङ्गाछुर आकाशमा घाम उक्लिन्छ । हेर्छु, उदास अनुहार लगाएका कृषकहरू खेतका आलीआलीमा छन्, आज पनि, भोलि पनि, पर्सि पनि । सबै बियाड सुकिसके, पहेँला फुस्रा पराल सुकाएजस्ता भए । उनीहरू ती बियाडवरपिर िघुम्छन् । एकपल्ट खेतमा पस्छन्, घुँडाघुँडा उभिएको झार भुत्ल्याई हेर्छन्, दुई-चार चपरी खनी हेर्छन्, फेर िउदास भएर कीर्तिपुर डाँडातिर फर्किन्छन् । जमिन सबै धाँजा परेको छ, कुवामा पानी सुकेको छ, इनार रत्तिा छन्, झार स

Segments