Essay
Nepali Essay निबन्ध
एउटा सांस्कृतिक क्रान्ति चाहिएको छ / सत्यमोहन जोशी
महाभूकम्पले हामीलाई देश निर्माणमा एकजुट भएर लाग्ने भावना प्रदान गरेको छ । प्राकृतिक संकटले निम्त्याएको राष्ट्रिय एकताको भावना महत्त्वपूर्ण छ । भूकम्पबाट भएको क्षतिलाई कसरी शक्तिमा परिवर्तन गर्ने भन्ने प्रश्न अब मुख्य हो । आज हुर्किंदै गरेको नयाँ पुस्ताका लागि पनि यस्तो भावना जरुरी भइसक्यो ।
भर्खरै संसद्मा पारित संकल्प प्रस्तावको भावना महत्त्वपूर्ण छ । त्यसलाई चरितार्थ गर्ने–नगर्ने हामी नेपालीमा निर्भर छ । यस सन्दर्भमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संसद्मा दिएको अभिव्यक्तिले मलाई छोयो । ‘हामीले आआफ्ना दलीय स्वार्थ र संकुचनभन्दा बाहिर आएर राष्ट्रिय दृष्टिकोण राखेर उठाऔं, त्यसले नयाँ संविधान र राष्ट्रिय पुनर्निर्माणको भावना निर्माण हुन्छ,’ भनी उहाँले भन्नुभएको छ । हाम्रा नेताहरूको घैंटोमा घाम लागेको संकेत हो यो । उहाँहरूलाई आ–आफ्नै डम्फु बजाएर देश बन्दैन भन्ने चेतना भएजस्तो छ ।
कला र साहित्यमा बिम्ब / तेजेश्वरबाबु ग्वंगः
प्रतीक र विम्ब शाब्दिक रूपमा दुई अलग शब्द हुन् । रूपमा मात्र नभई अर्थमा पनि यी अलग छन् । समान गुणका आधारमा कुनै दृश्य वा अदृश्य अन्य कुनै वस्तु/भावको कल्पना गरी प्रतिविम्बका रूपमा प्रस्तुत गरिएका आकार-प्रकार, वस्तु, चिन्ह आदिलाई प्रतीक भन्ने चलन छ । त्यसकारण प्रतीक कुनै भाव, वस्तु, चिन्हको उही वा उस्तै रूप हुनुपर्छ भन्ने हुँदैन । सरल रूपमा बुझ्न र बुझाउन भगिरथका अनुरोधलाई महादेवले आफ्नो जटामा अल्झिनेगरी स्वर्गङ्गा थापिदिए । हेर्दा स्वैरकल्पना जस्तो देखिने यस आख्यान आफैं बर्चस्व राख्छ ।
कता जाँदैछ आधुनिक गीत / कालीप्रसाद रिजाल
मैले थाहा पाएसम्म सात साल पहिले नेपालका शहरी क्षेत्रमा हिन्दी गीतको बोलवाला थियो । धार्मिक समारोहमा पनि हिन्दी भजन गाउने चलन थियो । स्कूलको प्राङ्गणमा हिन्दी प्रार्थना गरेर मैले एसएलसी पास गरेको हुँ । धरानमा पहाडबाट र्झर्ने ढाक्रेहरूले लोकगीत गाउँथे । मास्टर मित्रसेनका केही गीत मैले त्यतिबेलै सुनेको थिएँ । तर त्यस्ता गीतलाई सम्भ्रान्त शहरियाहरूले हल्का रूपमा लिने गर्थे । सात सालमा प्रजातन्त्र रेडियोबाट रानुदेवीका गीत सुन्न पाइयो । सेतुराम, मेल्वादेवी, उस्ताद साहिँला, मिस प्रभाका गीत धेरैपछि काठमाडौँमा सुनेको हुँ । धर्मराज थापाले ठाउँठाउँमा गाएर लोकगीतको लहर ल्याएपछि नै शहरिया समाजमा लोकशैलीका गीतले प्रतिष्ठा पाउन थालेका हुन् ।
जय भुँडी / भैरव अर्याल
व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।
- Read more about जय भुँडी / भैरव अर्याल
- 2596 views
The International Frog Conference / Bhairav Aryal
In today's world, a son has greater worries than the unemployed; a journalist is in a greater rush than a taxi car. On top of that, if someone takes up journalism in order to stave off the daily hassles of being a son, you can imagine how patchy his life gets. And I am the kind of journalist who must serve journalism all day on the basis of a rickety cycle, and enjoy the nectar of filial life in the early evening, scraping out the pot for storing grains.
हामीलाई कवितामा के चाहिन्छ ? / लक्ष्मीप्रसाद देवकोटा
कवि खालि केमेरा होइन, त कविता फोटो। यद्यपि हामी फोटोलाई कला भन्ने मान्छे पाउँछौँ । चित्रण यान्त्रिक नभए आजसम्म यथार्थवादी कविता संसारले सहेकै छ । मजा लाग्ने उदाहरण पनि पाइन्छन्। तर जहाँ यथार्थवादी कविताले रुलाउँछ, त्यहाँ बाहृय प्रकृतिको फुस्रो चित्रण छोडेर आभ्यन्तरिक हृदयानुभूतितिर डुबेको देखिन्छ । हृदयको रङ राम्ररी नदेखिने कवितालाई हामी ठूलो दर्जा दिन सक्तैनौँ । शब्दले फूल उतार्नु-रङ र रुप साथमा, केही कला हो। तर 'अहा । क्या फूल उतार्नु- रङ र रुप साथमा, केही कला हो। तर 'अहा । क्या फूल ।' यति सौन्दर्यको आनन्द उद्गारित गराउनुमा ज्यादा विशेषता छैन । मानवकलाले प्रकृतिलाई जित्नैपर्छ, बोक्रोभन्दा
बाटो म्याद !/ युवराज नयाँघरे
मृत्यु सृष्टिको एउटा प्रक्रिया हो/ कृष्णचन्द्रसिंह प्रधान
एब्स्ट्रयाक्ट चिन्तनः प्याज/ शङ्कर लामिछाने
हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- "शङ्करजी, तपाईँको लेख, त्यो लेख, 'शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा' पढेँ ।''
"कस्तो लाग्यो ?''
" मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''
"एब्स्ट्रयाक्ट पेन्ट गर्ने त तपाईँको काम ! म कहाँ पेन्टिङतिर जाऊँ अब ।''
" होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।''
म हाँसिरहेँ । (हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देलजीलाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि ।