डायस्पोराबाट पुरस्कारै पुरस्कार

No votes yet

काठमाडौ, श्रावण १ - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक २/२ वर्षमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारको घोषणा गरेको छ । पुरस्कार चयन समितिका अध्यक्ष सुमन तिमसिनाका अनुसार यसपटकको प्रतियोगितामा विभिन्न विधाका ७२ पुस्तकले प्रवेश पाएकोमा अनेसास उत्कृष्ट पुस्तक पुरस्कारमा डायस्पोराबाट ४ जना र नेपालबाट १२ जनाले पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार 'समकालीन नेपाली कविताका प्रवृत्ति' समालोचना संग्रहका लागि डा. लक्ष्मण गौतमले पाउने भएका छन् । पुरस्कारमा १५ सय अमेरिकी डलर, एक सय डलर बराबरको आजीवन सदस्यता रहेको बताइएको छ । 'स्मृतिमा भीमु' संस्मरण कृतिका लागि भ्ाारती गौतमले सर्वोत्कृष्ट नारी हस्ताक्षरअन्तर्गत अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार पाउने भएकी छन् । पुरस्कारमा ४ सय अमेरिकी डलर र सम्मान पत्र रहेको छ ।

त्यस्तै 'प्रेमदान' उपन्यासका लागि लेखक बुद्धिप्रसाद सुवेदीले ३ सय १० अमेरिकी डलरसहितको सर्वोत्कृष्ट नवप्रतिभा अन्तर्गत 'अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार' पाउने भएका छन् । 'रातो घाम' गीत संग्रहका स्रष्टा नरबहादुर बिसीले २ सय अमेरिकी डलरसहितको सर्वोत्कृष्ट नेपाली गीति कविताअन्तर्गत 'अनेसास हरिभक्त कटुवाल स्मृति पुुरस्कार' पाउने भएका छन् भने 'नानीपानी' बालसाहित्य कृतिका लेखक देवीप्रसाद वनवासीले सर्वोत्कृष्ट बालसाहित्य पुस्तकका लागि उत्तिकै राशिको 'अनेसास शारा उत्कृष्ट बाल पुरस्कार' पाउँदै छन् ।

'हजार वर्षको निद्रा' कविता संग्रहबाट भूपिन व्याकुलले सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि 'अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुरस्कार', 'अर्जुनदृष्टि' लघुकथा संग्रहबाट डा. रवीन्द्र समीरले सर्वोत्कृष्ट लुम्बिनी अञ्चलका पुस्तकका लागि 'अनेसास शेषराज शर्मा लुम्बिनी अञ्चल सर्वोत्कृष्ट पुरस्कार', 'ख्ाोपदेश' उपन्यासबाट भरत जंगमले सर्वोत्कृष्ट बाग्मती अञ्चलका पुस्तकका लागि 'अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुरस्कार', 'शब्द, मृत्यु र सपनाको हत्या' कविता संग्रहबाट ज्ञानु अधिकारी र सिन्धु गौतमले सर्वोत्कृष्ट नारायणी अञ्चलका पुस्तकका लागि 'अनेसास गोविन्द गिरी प्रेरणा सर्वोत्कृष्ट पुरस्कार' र 'एथेन्सको झरी' नियात्रा संग्रहबाट केदार सुनुवार 'संकेत' ले सर्वोत्कृष्ट जनकपुर अञ्चलका पुस्तकका लागि 'अनेसास ठाकुरप्रसाद रेग्मी सर्वोत्कृष्ट पुरस्कार' पाउने भएका छन् । यी सबै पुरस्कार राशि २ सय अमेरिकी डलरका हुन् ।

त्यस्तै, 'जीवन काँडा कि फूल' आत्मकथाबाट झमक घिमिरेले सर्वोत्कृष्ट कोसी अञ्चलका पुस्तकका लागि 'अनेसास चेतनाथ घिमिरे सर्वोत्कृष्ट पुरस्कार', 'तप्किएर अन्जुलीमा' गजल संग्रहबाट उमा सुवेदीले सर्वोत्कृष्ट मेची अञ्चलका पुस्तकका लागि 'अनेसास सीता पाण्डे सर्वोत्कृष्ट पुरस्कार', 'झस्किएको सिन्दुर' कविता कृतिबाट रामबाबु सुवेदीले सर्वोत्कृष्ट छन्दोवद्ध काव्यसाहित्यका लागि 'अनेसास डिल्लीरमण शर्मा अर्याल सर्वोत्कृष्ट पुरस्कार', 'ग्ाोपीचन लोक नाटक' मगरभाषी कृतिबाट कुसुमाकर न्यौपानेले सर्वोत्कृष्ट नेपाली जनजातीय भाषा साहित्यका लागि 'अनेसास रतन झा सर्वोत्कृष्ट पुरस्कार' र 'बिक्रीमा यो जिन्दगी' गजल संग्रहबाट गोबर्द्धन पूजाले सर्वोत्कृष्ट नेपाली गजलका लागि 'अनेसास गीता खत्री गजल सर्वोत्कृष्ट पुरस्कार' पाउने भएका छन् । यी सबै पुरस्कारको राशि पनि २ सय अमेरिकी डलर रहेको छ ।

डायस्पोरा पुरस्कारहरूमध्येबाट अनुसन्धानात्मक कृति 'नेपाली डायस्पोरा र अन्य समालोचना' बाट नेत्र 'एटम' ले खेमलाल-हरिकला लामिछाने पुरस्कार, डायस्पोरामा गरेको साहित्य सिर्जनाको उत्कृष्ट योगदानका लागि कृष्ण बजगाईंले 'अनेसास डायस्पोरा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार' र डायस्पोरामा महत्त्वपूर्ण योगदान गर्ने नेपाली भाषाका साहित्यकार र कृतिबारे अनुसन्धान गराउनका

लागि त्रिवि नेपाली केन्द्रीय शिक्षण विभागलाई 'अनेसास एनआरएन 'फूलकुमारी महतो स्मृति पुरस्कार' पाउने भएका छन् ।

तीनैवटा पुरस्कारको राशि पाँच सय अमेरिकी डलर रहेको छ ।

[स्रोत : कान्तिपुर दैनिक]

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.