Loading

ढुंगाको मन

- टकध्वज जिम्बा 'आशा'

भन्छन्
सबैले सधैँ
ढुंगाको मन हुँदैन भनेर
त्यो निर्जिव हुन्छ किनकि
तर
ढुंगाको मन नहुँदो हो
त्यो समुद्रको किनारमा
बालुवा भएर
आँखाभरि भिज्ने थिएन
फेरि
त्यो एकान्त जंगलको चट्टानमा
सुनाखरी बनेर
कहिले फुल्ने थिएन ।

(दार्जीलिङ)

Segments: 

Comments