लस एन्जेलसमा महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती

सोमबार नोभेम्बर १९, २०१२ / लस एन्जेलसको आर्टिसिया शहरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) लस एन्जेलस च्याप्टरद्वारा १०३ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइयो । सो अवसरमा डन बहादुर कार्की र तिलक कार्कीको संयोजकत्वमा कवि गोष्ठीको पनि आयोजना गरिएको थियो ।

कवि गोष्ठीमा राकेश कार्की, गोकुल पौडेल, गोकुल ढकाल, डन बहादुर कार्की, तिलक कार्की, तुलसा कार्की, कविता कार्की, मन्जु देवकोटा, बलराम थापा, सुशीला न्यौपाने, शान्तिराम ढकाल, शारदा श्रेष्ठ, प्रेम गुँरागाँई,  डिल्लीराज सिलवाल लगायतको सहभागिता रहेको थियो। कार्यक्रम गोकुल पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । 

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom