Loading

देशले रगत मागे मलाई बली चढाऊ / गोपाल योञ्जन

देशले रगत मागे मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी

बुढेसकालका लठ्ठी देश यज्ञभित्र होमी
मेरी बुढीआमा गोठमै हाँसीखुसी देखिन्छिन्
ती काँगडाका सन्तान अझै मरेका छैनन
तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छिन्
पाउँदिनन् केही पनि रगत-स्तनको साटो
आउँदैन माग्न उसलाई ऊ नेपालीकी छोरी

यमराजको शिर छिनाउने सारा पृथिवीका सन्तान
बघिनीको दूध हैन त्यो त नेपालीको स्तन
सक्दिन म त बाँच्न निर्धा भएर एकछिन
बरु शहीद भएर वीरकै मृत्यु म मर्छु
हामी वीर बनेर मर्छौ गोली त ऊ सहन्छे
माग्दिनन् सुनका अक्षर ऊ नेपालीकी छोरी


Segments: 
Author: 

Comments