ऊ हेर त दौडादौड त्यो, हतार व्यर्थको / श्रेष्ठ प्रिया पत्थर

Your rating: None Average: 3.5 (2 votes)

ऊ हेर त दौडादौड त्यो, हतार व्यर्थको
आफूलाई उठाउने, प्रचार व्यर्थको

गुण छैन, मूल्य छैन, योग्यताको कदर छैन
बिक्ने कुनै छाँट छैन, बजार व्यर्थको

जहाँ छल र बल मात्र, सफलताको साथी हुन्छ
किन पाल्नु मनमा साथी, सदाचार व्यर्थको

बेइमानी र फरेबको, जहाँ अति जगजगी छ
होशियार हुन्छ त्यहाँ, सदाचार व्यर्थको

कमिशन र घुस दिई, माल पार हुन्छ भने
सम्झनुहोस् त्यहाँ हुन्छ, भन्सार व्यर्थको

कुम्ल्याउनै पर्छ साथी, दाउ आफ्नो पर्या वेला
किन पाल्नु हुन्छ मनमा, दोधार व्यर्थको

जसले खान माम दिन्छ, उही आफ्नो धाम हुन्छ
किन धाउनु मन्दिर, मस्जिद, मजार व्यर्थको

वीरभोग्या वसुन्धरा, मूलमन्त्र यही हो भने
कसलाई किन प्रकट गर्नु, आभार व्यर्थको ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.