दशैं / नवराज सुब्बा

बन्द छलेर, कर्फ्यू तोडेर

दशैं आएको छ आज बिर्खेको घरमा

केही दिन भए पनि खुशी  छाएको छ

केटाकेटी रमाएका छन्

मक्किएको धोति पनि फेरिएको छ

जगतमान जगतमा सबै पराय छन् भन्थ्यो

सन्तान लाखापाखा लागे भन्दै छट्पटिन्थ्यो

आज आफन्तै आफन्तले घेरिएको छ

समृद्धिको छाक खाएको छैन भन्थ्यो गरिबदास

पेटभरी खाएर आज आत्मसन्तुष्ट भएको छ

विजयले कहिल्यै धाप मारेको छैन

भन्थ्यो दुनियाँ

उ पनि विजयको टीका लगाइदिदै

शुभकामना बाँड्दै घरघर घुमिरहेको छ

 

यहीबेला सुटुक्क

एउटा कुरा सोध्न मन लाग्छ

हे दशैं !

तिमी केवल पाहुना भएर मात्र आउछौ

यो लालबाबुको घरमा सदा बस्न मिल्दैन ?

बजाउ“छु ढोल सधैं यी कर्मशील दुइ हातले

मिलेर रोप्छौं समृद्धिका बाटैबोट बाटाभरि

तिमी यहाँ झपक्क सयपत्री फक्रिदिए हुन्थ्यो

झुल्किदिए हुन्थ्यो विजयको टीका फूलमायाको निधारमा

टल्किदिए हुन्थ्यो नअस्ताउने गरी दिलमायाको आकाशमा

यो दशैमा लगाइने शान्ति, समृद्धि, सद्बुद्धि, टीका

कहिल्यै नझरिदिए हुन्थ्यो

कमसेकम

अभागी निधारमा ।

Author: 
Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom