नेपाली निबन्धको अपूर्ण इतिहास
कवि, पत्रकार एवं बालसाहित्य सर्जक प्रमोद प्रधान केही समययतादेखि साहित्यका विभिन्न पक्ष्ाका अध्येता, अनुसन्धाता, समालोचक र इतिहासलेखकजस्ता विविध अवतारमा देखिँदै आएका छन् । उनले केही वर्षपहिले सम्पादन गरी प्रकाशमा ल्याएको नेपाली यौन कथा -दुई भाग) चर्चित र लोकपि्रय रहेको थियो भने मोरङमा पत्रकारतिाको अर्धशताब्दी, नेपाली बालसाहित्यको इतिहास र नेपाली बालवाङ्मय परचिय कोशजस्ता ग्रन्थहरूले तत्तत् विषयका विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई उपयोगी सन्दर्भ उपलब्ध गराएका छन् । यसअघि विभिन्न विधा र विषयका २२ थान कृतिको