Criticism
Nepali Literature Criticism समालोचना
अँजुलीभरि घाम/ धीरेन्द्र प्रेमर्षि
प्रकृति र परिवेशको उखरमाउलो गर्मी र उकुस-मुकुसले जन-मन आकुलव्याकुल छ यतिखेर । यो अत्यास र अँध्यारोमा आशाको उज्यालो र्छन शब्द-सङ्गीतशिल्पी हिरण्य भोजपुरे अँजुलीभरि घाम लिएर उदाएका छन् । बैसठ्ठी वर्षो प्रौढावस्थामा छब्बीस वर्षो जाँगरका साथ चार दशकअघिकै शैली र सोचका गीत-सङ्गीतहरू लिएर श्रोतामाझ आएका भोजपुरे गायनमा आफ्नो पुरानो संलग्नतालाई नवीकरण गर्न मात्र आएका होइनन् । पुनः उदाउने क्रममा उनले सङ्गीतका सुर-तालहरूमा आत्म-आनन्दका विविध पाटाहरू समेत कोट्याएका छन् ।
थारू समुदायमा प्रचलित लोककथा/ रोहिणी घिमिरे
उत्तर आधुनिकता भन्दा फराकिलो 'फ्रन्टपेज' / डा.दुर्गाप्रसाद अर्याल
विगत दुई दशकदेखि नेपाली साहित्यका क्षेत्रमा नारी हस्ताक्षरका रूपमा क्रियाशील सुबिसुधा आचार्य आख्यानका क्षेत्रमा प्रखर बन्दै गएको पाइन्छ। आधुनिक कथा विधालाई आफ्नो रूचिक्षेत्र बनाएकी आचार्यका प्रखर लेखनीका दसी र दिशा हुन् विभिन्न समसामयिक साहित्यिक पत्र पत्रिकामा विकीर्ण रचनाहरू। कथा विधाले वैदिक साहित्यमा निहित नचिकेताको आख्यान देखि लोककथाको अनादि श्रुति परम्परा हुादै वर्तमानसम्म अनेक स्वरूप र विषयवस्तुगत अभिव्यञ्जनाको सेरोफेरो मार्दै आएको छ। संरचनात्मक प्रक्रिया र प
घनचक्करमा एकचक्कर / शार्दूल भट्टराई
कुनै घटना वा परिस्थितिले मान्छे पागल हुनसक्छ। तर एउटा सद्दे मान्छेलाई पागल घोषित गरियो भने त्यो मान्छेको मनोदशा कस्तो होला? पागल बनेका भन्दा जबर्जस्ती पागल बनाइएका व्यक्तिको मनोदशा बढी पीडादायी हुन्छ। 'घनचक्कर' देशको राजनीतिक द्वन्द्व र विसङ्गतिबाट प्रभावित भएर विचलित अवस्थामा पुगेको त्यस्तै एउटा तथाकथित पागलको मनोदशालाई केन्द्रबिन्दुमा राखेर बुनिएको उपन्यास हो।
उत्तरआधुनिक ऐना
साहित्यिक समालोचनामा नयाँ चिन्तनहरूको व्याख्या गरिरहेका डा. गोविन्दराज भट्टराई प्रायः भनिरहन्छन्, “समालोचक मार्गदर्शक मात्र हैन, समय–दर्शक पनि हो।” सबैले समयसँगै हिँड्नुपर्छ; दौडिन नसक्ने वाद, चिन्तनहरूको अस्तित्व छैन भन्ने निर्क्योल उनको नवीनतम कृति उत्तरआधुनिक ऐना मा अझ स्पष्टताका साथ प्रकट भएको छ। किताबमा नेपाली साहित्यमा नयाँ गति र प्रवृत्तिको विस्तृत लेखाजोखा भेट्न सकिन्छ।
कवि शिरोमणिको “ए नेपाल!” / कदी
लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको ए नेपाल! भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली जनता फुर्किएका थिए। तर, पिँजडाबाट उम्केको सुगा लेख्ने लेखनाथले, त्यसको चार वर्ष नबित्दै यति चिन्तित भएर किन नेपाललाई उद्बोधन गर्नुपर्यो? उनले नेपालको भविष्य किन त्यति उज्यालो देखेनन्? के पर्यो? त्यो खोजिपस्नु चासो लाग्दो हुनेछ।
अतिनाटकीय आख्यान 'फ्रन्टपेज' / हरि अधिकारी
युवा कथाकार सुविसुधा आचार्यको कथासंग्रह फ्रन्टपेजमा संकलित कथा पढ्दा यो समीक्षक न रमाउनै सक्यो न त उनका कथाहरूमा उभ्याइएका पात्र-पात्राका दुःख-दर्दसँग हार्दिक रूपले जोडिन नै सक्यो। बहुसंख्यक कथाहरू लेखिकाको मनोगत बुनोटको भावभूमिमा खडा गराइएका र पात्रहरूका सोच, गतिविधि र घटना-उपघटनाहरूको विकास प्रक्रियामा समेत अतिनाटकीयताको अत्यधिक प्रयोग भएकाले यिनमा विश्वसनीयताको नितान्त कमी देखिन आएको छ। संग्रहका कुनै पनि कथाका पात्र-पात्राले आफ्नो वर्गको सही प्रतिनिधित्व गर्दैनन् ।
स्मृतिको यात्रा मनका डोब / सुदर्शन अधिकारी
कविहरू शब्दसँग खेल्न माहिर हुन्छन्। गद्यकारका तुलनामा कविको शब्दचयन पृथक हुन्छ र उनीहरूको शब्दसंरचना दोहोर्याई तेहर्याई पढ्न लायक हुन्छन्, यदि राम्रो कवि पर्यो भने। सुन्दर कविता सिर्जना र लालित्यपूर्ण् गीत रचनामा सिद्धि प्राप्त गरेका सुप्रसिद्ध कवि कञ्चन पुडासैनी पछिल्लो समयमा गद्य रचनातर्फमोडिएका छन्।
यसो त उनले थोरै भए पनि पहिलेदेखि नै गद्यसमेत लेख्दै आएका हुन्। केही समयअघि उनको 'अधुरो उपन्यास अधुरा इच्छा’ प्रकाशित भएको थियो भने त्यसअघि आएको 'स्मृतिको यात्रा मनका डोब’ संस्मरण संग्रहको राप र तापसमेत कायम नै छ।