Criticism

Nepali Literature Criticism समालोचना

ज्ञानुवाकरको दोस्रो स्तम्भ / जैनेन्द्र जीवन

भट्टको युगमा मौलाएको नेपाली गजल ६०–७० वर्षसम्म हराए जसरी सुस्तायो। भीमनिधि तिवारीहरूको समयमा पुनः ब्युँतिएको साहित्यको यो विधामा बहार आउन २०३० को दशकको आधाआधी पर्खनु पर्‍यो। नेपाली गजलमा तेस्रो पटक पुनर्जागरण ल्याउने सर्वाधिक श्रेय ज्ञानुवाकर पौडेललाई जान्छ, जसले २० वर्षको अन्तरालमा दोस्रो कृति सार्वजनिक गरेका छन्― जिन्दगी छैन अचेल जिन्दगीजस्तो। यसअघिको संग्रह खण्डहर नयाँ–नयाँ नेपाली गजलको आधुनिक कोसेढुंगा मानिन्छ।

About Personality
Segments

Poet Writes For The Moment / Kamala B Sarup

Dubasu Chhetri

Dr. Dubasu Chhetri's work  'Aswomedh Yagya ka Ghodaharu'‚ an anthology of poems is beautiful. In these turbulent times, many writers reveal more about their likes and dislikes rather than the causes and effects of current events. But a poet Dubasu Chhetri is different.  He writes more about the causes and effects of  life and society.  His poems defines the life method, explains how it differs from other knowledge and wisdom.

Language

बहर प्रयोगका आधारमा मोतीराम भट्टका गजलहरूको समीक्षण/ डा. घनश्याम ‘परिश्रमी’

Motiram Bhatta१. स्रष्टा परिचय

नेपाली साहित्यिक व्योमका चम्किला तारा मोतीराम भट्ट बहुमुखी प्रतिभासम्पन्न विभूतिका रूपमा अमर छन् । भट्टले नेपाली भाषासाहित्यको उत्थानका लागि गरेको योगदान सदा स्मरणीय छ । मूलतः प्राथमिककालीन नेपाली साहित्यको उत्तर्रार्द्धको भक्तिधारा परम्परापश्चात् साहित्यिक क्षितिजमा यिनको उदय भएको हो । भक्तिधारा परम्पराको प्राचीरलाई भत्काई काव्यिक फाँटमा शृङ्गारिक भावधाराको परिवर्तन गरेर नेपाली साहित्यको धरातलमा युगान्तकारी परिवर्तन ल्याउने कार्य मोतीराम भट्टद्वारा नै भएको हो । नेपाली साहित्यको इतिहासमा जुन युगलाई हामी माध्यमिककाल वा विकासकाल भनेर जान्दछौँ त्यस युगका प्रवर्तक नै मोतीराम भट्ट हुन् । त्यसैले त नेपाली साहित्यको माध्यमिक काललाई मोतीयुग तथा शृङ्गारिक युगसमेत भन्ने गरिन्छ ।

यो जिन्दगी खै के जिन्दगी/ देवव्रत घिमिरे

यो जिन्दगी खै के जिन्दगी कवि हरिभक्त कटुवालको रोमान्टिक भावधारामा रचित एउटा युद्धविरोधी कविता हो। यो कविताको भावभूमि दोस्रो विश्वयुद्धले  मानव जीवनमा पारेको त्राशपूर्ण वातावरण हो। अर्थात्, दोस्रो विश्वयुद्ध तथा एटम बमले विश्व मानव समाजमा ल्याएको त्रास तथा जीवनको अनित्यता औ निस्सार बचाइँ बारे कविले यस कवितामा कलात्मक अभिव्यक्ति दिएका छन्। यस कविताले तत्कालीन विश्वसन्दर्भलाई अँगाल्न पुगेको देखिन्छ।

Segments

मुनामदन किन यति लोकप्रिय ?/ कुमारबहादुर जोशी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पहिलोपटक मैले आजभन्दा ५२ वर्षअघि अर्थात् २०१६ सालमा एसएलसी जाँच दिन तयारी गर्नेताका पढेको हुँ। त्यतिखेर पनि मैले मुनामदनभन्दा पहिले नै देवकोटाका 'यात्री' र 'मार्ग' नामक दुई कविता पढिसकेको थिएँ। त्यतिबेला देवकोटाका यी दुई कविता एसएलसीको पाठ्यक्रममा समाविष्ट थिए। खासमा यी दुई कविता पढेपछि नै म महाकवि देवकोटाप्रति आकषिर्त भएको हुँ। त्यसरी नै जसरी एसएलसी पाठ्यक्रमकै कविता 'कालमहिमा' पढेपछि कविशिरोमणि लेखनाथ पौड्यालप्रति आकषिर्त हुन पुगेको थिएँ। यसरी मलाई महाकवि देवकोटाप्रति प्रथमपटक आकषिर्त तुल्याउने र उनको मुनामदन खोजेर पढ्न लगाउने काम कविका उक्त 'यात्री' र 'मार्ग' कविताले नै गरेका थिए।

Segments

A romantic renaissance/ Mahesh Paudyal 'Prarambha'

 

Galibko chihan ra aru kathaharuI am still thereAt the border scribbled byA shred of your tearsRemembering your song

This is Prakash Sayami at the border—the no-man’s land characterised by a cleft identity scattered among different, undecided personalities. He is at a quadrivial of creative life, unable still to settle in any particular work. A lyricist, poet, researcher, filmmaker, coordinator, broadcaster among others, Sayami appears intent, at least now, on settling on a track and maintaining it. This track is perhaps offered to him by poetry.

Segments
Language

असफल प्रयत्न- 'पत्रैपत्र'/ हरि अधिकारी

patrai patraविस्तारै स्थापित हुँदै जान लागेका नारी हस्ताक्षरद्वय सुस्िमता नेपाल र रजनी ढकालको संयुक्त लेखनका रूपमा आएको पत्रैपत्र नामक पुस्तकलाई यसका प्रकाशकले उपन्यासको संज्ञा दिएका छन्। पुस्तकको नामबाटै पुष्टि हुन्छ : यो कृति ती दुई सहेलीले आपसमा लेखेका चिट्ठीहरूको संकलन हो। अब यसमा संकलित चिट्ठीहरूमा अन्तरनिहित कुराहरूले समग्रमा यस कृतिलाई एउटा उपन्यासको स्वरूप र वैशिष्ट्य प्रदान गर्न सकेका छन् कि छैनन्, यसको निक्र्योल साहित्यका अध्येता-विद्यार्थीहरूले गर्दै रहलान्।

Author
Segments