Loading

नेपाली भाषा सङ्गोष्ठी २०६७ ले दिएका सन्देश

- राजेन्द्र सुवेदी

भाषामा व्याकारणको अनुशासन अपेक्षित छ भन्ने कुराको पहिलो प्रयत्न थिया- वीरेन्द्र केसरी अर्यालकेा सुन्दरी पत्रिकामा प्रकाशित 'बेसरी' शीर्षकको लेख । यसले भाषाको व्याकरणिक सौन्दर्यलाई आवश्यक ठानेको छ र व र ब को प्रयोगमा देखिएका समस्याले अर्थको तहमा ल्याएका अप्ठयाराहरूको समाधानको प्रयत्नमा पहिलो पल्ट प्रश्न उठाएको छ । व्याकरणिक दृष्टिले देखापरेका व्यवधानको निराकरणका निम्ति गरिएका प्रयत्नहरूलाई नै व्याकरण निर्माणको दिशातर्फको पहिलो प्रयत्न थियो भन्ने कुरा अघि सार्न सकिन्छ । दोस्रो व्याकरणिक अभियान राममणि आ.दी.को हलन्त वर्ण प्रयोग नगर्ने भन्ने आन्दोलन १९७० वि.सं. पूर्व नै सुरु भइसकेको सन्दर्भलाई दृष्टिगत गर्दा हेमराज पाण्डेको चन्दि्रका व्याकरण अध्येताका मस्तिष्कमा बास बस्न आउँछ ।

हेमराज पाण्डेको चन्दि्रका व्याकरण प्रकाशनमा आएपछि क्रमशः व्याकरण लेखनको परम्परा कायम हँुदै गयो । सोमनाथ सिग्द्यालको मध्यचन्दि्रका पछि पुष्कर समशेरको व्याकरणा पनि आयो । यिनले त्यसरी नै हृदयचन्द्र सिंह प्रधानको नेपाली शुद्ध कसरी लेख्ने ?, जस्ता व्याकरणका पुस्तकहरूले २००७ साल पूर्वको व्याकरणिक संसारलाई नियमन गर्न सके । चन्दि्रका व्याकरणको प्रचलनका निम्ति राणा प्रधान मन्त्री चन्द्र समसेरले लालमोहर लगाइदिएको भरमा हुकुमी आधारमा व्याकरण प्रचलनमा आएको सन्दर्भ हाम्रा सामु विद्यमान छ । व्याकरण प्रयोगको क्षेत्र पनि विस्तारित बन्दै गयो, व्यारणको रूप र व्याकरणकारका मतमा पनि विभिन्नता आउन थाल्यो ।

२००७ सालपछि त्यस्तो आदेशका अधारमा व्याकरणको पठनपाठन हुन सक्ने स्थिति रहेन । नेपाली भाषा प्रयोगको सन्दर्भमा नेपाली भाषा प्रकाशिनी समिति र गोरखापत्र मात्रको एकाधिकार पनि रहेको प्रशासन र प्रसारणका दृष्टिले २००७ सालपछिको अवस्था पहिले जस्तो नियन्त्रण र सीमित पनि रहेन । पत्रपत्रिकाको प्रकाशनमा पनि विस्तार आयो । रेडियो प्रसारण सुरु भयो । पठन पाठनका क्षेत्रमा विस्तार आयो । साझा प्रकाशन, जनक शिक्षा सामग्री केन्द्र लगायतका शैक्षणिक सामग्री प्रकाशनका निकायहरू गठन भए । मुलुकभित्र अन्तर्राष्ट्रिय सम्पर्क र प्रविधिको अत्यधिक प्रवेशका कारण नेपाली भाषामा अत्यधिक बाहृय सम्पर्कका कारण नेपाली भाषामा शब्दहरूको आगमन धेरै बढयो । ज्ञान र विज्ञानका अनेकाँै द्वार खुले । औद्योगिक क्षेत्रको विस्तार भइरहृयो । त्यहाँ नयाँ शब्दहरू आए । स्वास्थ्यका नयाँ आयामहरू फेला परे । त्यहाँ पनि नयाँ शब्दहरू भित्रिए । सञ्चार र कृषिमा नयाँ क्रान्तिहरू आए । त्यहाँ पनि नयाँ शब्दको आगमन भयो । नेपालीहरूको पहुँच विश्वका विभिन्न क्षेत्रतिर पनि अभिप्रेरित बन्यो । अध्ययनका निम्ति बाहिर पुग्ने नेपाल्ाीहरूले आफू जुनसुकै मातृभाषाको भए पनि काम चलाउन नेपाली भाषा लिएर गए । त्यसैमा आˆनो जुनसकै मातृभाषीसँग सम्र्पक गर्नु परे पनि नेपाली भाषाबाटै काम चलाए । विभिन्न परिस्थितिमा नेपाल बाहिर पुगेका नेपाली तथा नेपालका अन्य मातृभाषी नेपालीहरूले आˆना शब्दहरू के कति बाहिर लान सके त्यो त भविष्यको अध्ययनले स्पष्ट गर्ला तर आवागमन र पठनपाठन र विधि-व्यवहारका कारण बाहिरबाट नेपाल र नेपाली भाषामा भित्रिएका शब्दहरू भने अनन्त देखिएका छन् । तिनको प्रयोगको नियमन गर्ने जस्ता विधि व्यवस्थापनमा केही न केही नियमको अनिवार्यता रहन्छ । यस्तो दृष्टिलाई व्यवस्थापन गर्नका निम्ति तत्सम, तद्भव र आगन्तुक शब्दहरूको प्रयोग विधिमा वर्ण विन्यास, पद योजना र वाक्य गठन जस्ता प्रसङ्गहरूमा न्यूनतम नियमहरूको स्वीकृति पनि आवश्यक बन्दै गएको छ । यस स्थितिलाई आत्मसात् गरी २०६७ पुस महिनाको २६ देखि २९ सम्म सञ्चालन भएको व्याकरणिक सङ्गोष्ठी आफूमा महत्त्वपूर्ण सिद्ध भएको छ । समयको लामो अन्तराल पछि सम्पन्न यस गोष्ठीमा धेरै ओटा समस्याहरू उठे । ती समस्याहरू धेरै हदसम्म सुल्भिmए र थोरै मात्र अल्भिmए । विषेष गरी यस गोष्ठीले सहमति जनाएको एउटा पक्ष धेरै हदसम्म आगन्तुक शब्दहरूको वर्ण विन्यासका हकमा उठेका प्रश्नहरूको सम्बन्धमा मात्र यस लेखमा चर्चा गर्न प्रयत्न गरिएको छ । २०३४ र २०३५ सालमा विश्व विद्यालयको पाठयक्रम विकास केन्द्रको तत्परतामा अनिवार्य नेपाली विषयको पाठयक्रमको अभिमुखीकरणको सन्दर्भमा आयोजित गोष्ठीबाट समाधान भइसकेका समाधान अद्यापि बल्झेर आउनु त्यति राम्रो विषय मान्न सकिन्न । २०४० सालमा वृहत् नेपाली शब्दकोश सम्पादन गर्ने क्रममा निराकरण भई सकेका र हुँदै आएका समस्या यस्ता गोष्ठीमा उठ्दै गर्नुलाई एकदमै अस्वाभाविक भने मान्न मिल्दैन । बरु शब्दकोशको प्रकाशन गर्ने प्रकाशकले आफूले प्रकाशित गर्दै गरेको कृतिको पाठक समूह कुन चाहिँ हो, त्यसप्रति भने सचेत रहनु पर्छ । २०४० देखि २०६७ सम्म आउँदा त्यस्तो व्यवस्थित तरिकाको मार्ग दर्शन गर्ने निकायको अभावमा एकपल्ट व्यवस्थित भइसकेको नियमलाई अनुशरणमा हेलचेक्र्‍याइँ गर्ने र बुझिसकेका विषयमा पनि बुझ पचाइदिने बानीका कारणले सुल्झेका समस्याहरू पनि बल्झिँदै आउने गरेका कुरा भुल्न मिल्दैन ।

२०४५ र २०४६ सालपछिको अवस्थामा नेपाली भाषामा आगन्तुक शब्दहरूको व्यापक प्रवेश भएको छ । यसरी प्रयोगमा आएका शब्दहरू ज्ञान र विज्ञानका क्षेत्रमा भरमार छन् । यस्ता शब्दहरूको वर्ण विन्यास र विधिमा व्यक्ति व्यक्तिका मत भिन्नताका कारणले अनेक रूप र अनेक नियमका समस्या बल्झिँदै आएका छन् । आगन्तुक शब्दको वर्ण विन्यासका सन्दर्भमा नेपाली व्याकरणले २०३४ र ३५ देखि नै अवलम्बन गर्दै आएको नीति अनुरूप नै लेखन र पठन पाठन गर्दै आएको छँदाछँदै पनि 'रोमान्टिक' ढङ्गले पुनः पुनः सोही प्रश्नलाई व्यवधानको विषय बनाएर गोष्ठी र छलफलहरूमा भात खाने मेलोमेसो अँगाली रहनु उचित विषय मान्न सकिन्न । संसारका जुनसुकै भाषामा शब्दहरू आगन्तुक बनेर आउँदा वर्ण विन्यासका समस्या पनि सँगै आउने देखिएकाले यस पूर्व आयोजना भएका सभा र गोष्ठीहरूमा तिनलाई प्राथमिकताका क्रममा राखेर वर्ण विन्यासको व्यवस्थापन गर्ने निर्णय भएको थियो । त्यसरी आगन्तुक शब्दहरूको वर्ण विन्यास गर्दा सांस्कृतिक संवेदनामा अँाच नआएसम्म देशज शब्द भण्डारबाट आएका शब्द र देश बाहिरका हिन्दी, उर्दू, अरबी र फारसी सम्मका भारतीय सिमको तथा मध्यपूर्वका भाषाहरूबाट आएका र अङ्ग्रेजी, रुसी र जर्मनेली आदि भाषाका शब्दहरूको प्रयेागमा आगन्तुक शब्दहरूका निम्ति निर्धारण भएको नियमलाई नै पालना गर्नु उचित हुने कुरा यस गोष्ठीको पनि निष्कर्ष रहेको छ ।

केही आग्रहहरू जस्तै संस्कृत तत्सम शब्दका वर्ण विन्यासका निम्ति कायम गरिएको नियम अङ्ग्रेजी शब्दहरूमा पनि लागु हुुनुपर्छ भन्ने कुरा पनि चल्न खोजेको थियो । परन्तु यस किसिमका नियम अङ्ग्रेजीका स्टुडेन्ट, स्टुडियो, रेस्टुरेन्ट अस्ट्रेलिया, स्टेवार्ड जस्ता शब्दलाई ष्टुडेण्ट, ष्टुडियो, रेष्टुरेण्ट, अष्टे्रलिया, ष्टेवार्ड बनाएर संस्कृतको तत्सम शब्दको वर्ण विन्यासमा लानु पर्छ भन्ने अत्यन्त गलत तर्क र सिद्धान्त समेत प्रस्तुत हुन खोजे पनि यस पद्धतिलाई स्वीकार्न सकिने अवस्था रहँदै रहेन । यदि नेपाल बाहिर प्रचलित नेपाली भाषाका सन्दर्भमा व्यवहार भएको स्थिति कायम रहेमा त्यसलाई भारतीय अङ्ग्रेजी र अमेरिकाली अङ्ग्रेजीलाई सम्मान गरे जस्तै नेपाल्ाीका व्याकरणगत पक्षहरूमा केही मौलिक भिन्नता कायम रहन सक्ने स्थिति विद्यमान रहे पनि सम्मान गर्ने परम्परा स्वीकार्य छँदैछ । त्यसमा पनि विचारणीय पक्ष के चाहिँ छ भने केही समयको निम्ति विदेश पुगेर नेपाली भाषामा पत्रपत्रिका तथा पाठय सामग्रीको लेखन र प्रकाशन गरेमा नेपाली व्याकरण सम्मत वर्ण्ा विन्यासकै विधि अवलम्बन गरिने कुरा स्वतः स्पष्ट छ । तर भारतीय नेपाली व्याकरणले आफनो विधिलाई प्राथमिकता प्रदान गरेमा त्यसलाई अनौठो नमान्ने विषयमा पुगेर यो गोष्ठी टुङ्गिएको छ ।

जहाँसम्म पछिल्लो अवधिमा प्रवेश गरेका अङ्ग्रेजी शब्दहरूको प्रश्न छ- त्यसमा नेपालीमा शब्दहरू आयात हुने प्रक्रिया तीव्र रूपमा बढयो र वर्ण विन्यासको टुङ्गिई सकेका नियमगत समस्याहरूलाई बल्झाइरहने स्थिति पनि प्रयोगमा कताकता देखिँदै रहृयो । सुल्भिmएका समस्याहरूलाई पनि यसरी बल्झाउँदै जाने हो भने आज खेलकुदको समाचार र लेख लेख्न, आमसञ्चार र स्वास्थ्यसम्बन्धी विषयका समाचार रचना र पाठय सामग्री तयार गर्न एवं विज्ञान र प्रविधिले पारेका प्रभावहरूलाई आत्मसात् गर्न निकै गाह्रो पर्दछ । केही उदारता तथा व्यवस्थित विधिको निर्वाह गर्न र यथास्थितिको परिमार्जन गर्न सबै लेखक तयार हुने हो भने मात्र नेपाली भाषाले आजको बदलिँदो नेपालको साझा भावनालाई प्रतिनिधित्व गर्न सक्दछ । अन्यथा त्यो सम्भव हुन्न । प्राविधिक र पारिभाषिक शब्द निर्माण गरिनु पर्छ भन्ने प्रश्न आउन सक्छ । प्राविधिक तथा पारिभाषिक शब्दको कोश पनि बनाउनु पर्छ तर समस्या आएपछि मात्र त्यस्ता शब्द बनाइने क्रम आरम्भ हुने भएका कारणले यो आवश्यकता बोध हुनु भन्दा पहिले नै आगन्तुक शब्दले डेरा जमाई सकेको हुन्छ । जस्तै सुनामी आयो, त्यसको समाचारसँगै सञ्चारले हामीकहाँ सुनामी शब्द ल्यायो । आज लोडसेडिङ छ । त्यो शब्दको मार खप्नु पर्दा शब्द पनि रत्तियो । मोबाइल आयो, सँगै सिमकार्ड, प्रिपेड र पोस्टपेड आए । हाम्रो स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ समस्याहरू थपिए । ओपन हर्ट सर्जरी गर्नुपर्‍यो । अल्ट्रासाउन्ड र भिडियो एक्सरे गर्नु पर्‍यो । कृषिमा फिसरी र हृयाचरी आए । प्रविधिलाई प्राविधिक अर्थ सम्प्रेषण गर्ने शब्दहरूको अभाव रहेकै अवस्थामा प्रविधि आइदिने प्रचलन विश्वव्यापी रहेका कारण ती प्रविधि विशेष आउँदा जुन शब्द लिएर आएका हुन्छन् तिनलाई आफनो वर्ण विन्यासका सीमाभित्र समेटेर लेख्ने काम गर्नु उपयुक्त ठहर्छ ।

अन्तमा व्याकरणको चर्चा गरिरहँदा विशेषतः भाषाले आत्मसात् गरिरहेका स्थिति र प्रचलनलाई पनि व्याकरणका विधि अनुरूप आफनो पहिचानमा ढाल्दै र विस्तार गर्दै मौलिक मूल्यका स्वरूपहरू भने भाषामा प्रतिष्ठा कायम गर्न पनि व्याकरणका नियमहरू वैज्ञानिक, व्यवस्थित र व्यावहारिक बनाउँदै जानमा नै कल्याण हुने कुरा आजका सन्दर्भमा उपयुक्त देखिन्छ ।

('भाषा बहस' अन्तर्गत प्रकाशित लेखको भाषाशैली लेखककै अनुसार रहेको छ । स्रोत: गोरखापत्र दैनिक)

Segments: 

Comments