Loading

हाम्रो सम्बन्ध

एकदमै खुकुलो
सितारको तार जस्तै
कहिले गासिँदै गासिएन
एकदमै तनक्क
सितारकै तार जस्तै
कहिले च्वाट्ट चुँडियो

अति औपचारिकतामा
नचिनेको स्वाङ गर्छ
तिम्रो र मेरो नमस्ते
अति खुलापनमा
बल्ढ्याङ खान्छ
तिम्रो र मेरो आलिङ्गन

मोहमा छटपटिँदै
प्रेम बिर्सिन्छ
साइनो खोज्दै
मित्रता विष्फोट हुन्छ
आफैलाई गोली हान्दै
आत्महत्या गर्छ
हाम्रो सम्बन्ध

तुलोमा नजोखी आत्मीयता
रित्याउँदै प्रेमको घड़ा
मसक्क कसौँ न
सितारका तारहरु
ता कि
धून बनोस् हाम्रो सम्बन्ध
विरक्तिएका साइनोहरुमाझ
कालजयी सङ्गीत बनोस्
हाम्रो सम्बन्ध ।

Segments: 
Author: 

Comments