Loading

सिड्नीमा 'प्रवासी पाइला' सम्पन्न

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पहिलो समता काव्य शृंखला “प्रवासी पाइला” सम्पन्न भएको छ ।

ग्रेनभिलमा रहेको यूनिक इन्टरनेशनल कलेजमा जनवरी २९ का दिन भएको कार्यक्रममा करिब तीन दर्जनभन्दा बढी सृजनाहरू वाचन गरिएको प्रतिष्ठानकी संयोजक जानकी पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा तीनवटाभन्दा बढी कृति प्रकाशित गरिसक्नुभएका साहित्यकार अल्पविराम पोखरेलीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि अल्पविरामले भाष रहेमात्र आफ्नो पहिचान रहने भएकाले समता काब्य शृंखलालाई निरन्तरता दिन आयोजकहरुलाई अनुरोध गर्नुभयो । प्रतिष्ठानका महासचिव रमेश वानियाँले निकै रोचक र आकर्ष तरिकाले संचालन गर्नुभएको कार्यक्रममा सिड्नीमा रहेका विभिन्न साहित्य अनुरागीहरुले आ-आफ्ना रचनाहरु पाठ गर्नुभएको थियो । कार्यक्रममा भरत पोखरेल, हेमन्ता आचार्य, रमेश पाण्डे, भिमसेन सापकोटा, विदुर ढुङ्गेल, ऋषि आचार्य, थिरप्रसाद भण्डारी, जानकी पौडेल, अल्पविराम पोखरेली, रमेश वानियाँले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सफलताको शुभकामना दिदै जिएसीका अध्यक्ष डाक्टर नारायण प्रधानले कविता लेख्ने बानी नभएपनि सुन्दा आनन्द आउने बताउदै प्राय सबै शृंखलाहरुमा उपस्थित हुन प्रयास गर्ने बताउनुभयो ।

Segments: 

Comments