सही कदम तर अपूरो कृति/ रमण घिमिरे

नेपालको शैक्षिक र प्रशासनिक वृत्तमा सुरेशराज शर्मा एक प्रतिष्ठित र परििचत नाम हो। उनले काठमाडौँ भ्याली क्याम्पसदेखि काठमाडौँ विश्वविद्यालयसम्मको यात्रामा जुन लगन, मिहिनेत र बुद्धिमत्तापूर्ण भूमिका निर्वाह गरे, त्यो आफैँमा उदाहरणीय छ। यसै विषयमा यसअघि प्रकाशित शर्माको कृति काठमाडौँ विश्वविद्यालय कठिन यात्राका पाइलाहरूले उनले शिक्षाक्षेत्रमा पुर्‍याएको योगदानको अधिकतम् लेखाजोखा गरेको छ। त्यो लेखाजोखाले भन्छ, सुरेशराज शर्मा शिक्षाक्षेत्रको सम्वर्द्धनकै लागि जन्मिएका विदुषी हुन्।

यिनै सुरेशराज शर्माले आफ्ना केही अग्रज, केही समकालीन र केही अनुज पुस् ताका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १३ जना व्यक्तित्वलाई शब्दचित्रमा उतारेका छन्, बिर्सन नहुनेहरूमा। प्रा जयराज आचार्यले यस पुस् तकमाथि आफ्नो मन्तव्य प्रकट गर्दै लेखेका छन्, "उहाँले नेपाललाई विभिन्न क्षेत्रबाट महनीय योगदान गर्ने चरत्रिवान् १२ जना व्यक्तिहरूको गुणानुवाद गर्नुभएको छ। प्रस् तुत पुस् तकमा वणिर्त १२ जना व्यक्तिहरूले आ-आफ् नो क्षेत्रबाट ठूलो योगदान गरेर राष्ट्रलाई ऋणी बनाएका छन्।" यसबाट के कुरा स् पष्ट हुन्छ भने बिर्सन नहुनेहरूभित्र समेटिएका व्यक्तिहरू साँच्चि नै योगदानका अद्वितीय नाम हुन्। र, लेखक शर्मा स् वयंका भनाइमा पनि, "नेपालका सन्दर्भमा हेर्दा गायकको जति चर्चा संगीतकारको भएन, लेखकको जति चर्चा चिन्तकको भएन, राजनीतिज्ञको जति चर्चा पथप्रदर्शकको भएन, बाहिरी आवरणको जति चर्चा भयो, त्यति चर्चा साधना र समर्पणको भएन कि जस् तो लागेर नै मैले यो पुस् तक लेख्ने जमर्को गरेको हुँ।"

लेखकले आफ्नो भनाइमै 'बाहिरी आवरणको जति चर्चा भयो त्यति चर्चा साधना र समर्पणको भएन कि !' भनेर भित्री तहसम्म पुगेर उनीहरूको योगदानलाई लिपिबद्ध गर्नकै लागि बिर्सन नहुनेहरूमा यी १३ जनालाई सम्झेका हुन् भन्ने बुझिन्छ। लेखकको यस आशयलाई सलाम गर्नुपर्छ। आफ्नो योगदानका कारणले त्यस क्षेत्रको समुन्नतिमा आमूल रूपान्तरण गर्नेको व्यक्तित्व र कीर्तित्वलाई सार्वजनिक गर्दा उनीहरूको योगदानको मूल्यांकन त हुन्छ नै, साथसाथै आगत पुस् तालाई पनि यिनीहरूको योगदानबाट सिकेर समाजका विभिन्न फाँटलाई उर्वर बनाउन प्रेरति गर्छ।

लेखक शर्माले शिक्षा क्षेत्रबाट अमृतप्रसाद प्रधान, शंकरदेव पन्त र जर्ज जोन, स् वास् थ्य क्षेत्रबाट डा सन्दुक रुइत, डा भगवान कोइराला र डा रामकण्ठ माकजू, प्रशासन क्षेत्रबाट कुलशेखर शर्मा, प्रद्युम्नलाल राजभण्डारी र दीर्घराज कोइराला तथा अविस् मरणीय दाताहरूबाट रामस् वरूप-रामसागर, रानी जगदम्बा र कृष्णशमशेर जबरालाई बिर्सन नहुने नामहरूमा चर्चा गरेका छन्।

पहिलो खण्ड शिक्षाक्षेत्रका यी नामहरूको चयनका आधारमा उनले भनेका छन्, 'तपस् वी भएर वा तपस् यामा विचलित नभई काम गरेकाले, आफ्ना निम्ति केही नखोजी अरूका निम्ति धेरै गरेकाले र अरूका मन जितेका, श्रद्धा जितेका र कीर्ति छाडेकाले।' उनले छानेका नामहरू आफैँमा निर्विवाद छन्। यसरी नै उनले अन्य नामको चयनका पछि पनि आफ्नो तर्क राखेका छन्। यी नामहरूको छनोटमा लेखकले अघि सारेका आधारहरूका जगमा उभिएर मूल्यांकन गर्दा यही तहका र उनैले उल्लेख गरेका नामहरू के कारणले यी नामहरूभन्दा कमजोर या कम योगदानी भए ? लेखक यस कुरामा मौन छन्। नजिकबाट बुझेका आधारमा यी व्यक्तिहरूलाई लेखकले आफ्नो मापदण्डभित्र राखेर चर्चा गरेका हुन् भन्ने अनुमान लगाउन सकिन्छ।

पुस् तक सुरुको चरणदेखि नै अल्मलिएको छ। १३ जना व्यक्तिहरूको चर्चा गरएिको छ तर १२ जना मात्र भनिएको छ। हो, शीर्षक गन्ती गर्ने हो भने १२ जना मात्र छन् तर योगदान गर्ने व्यक्तिको गन्ती १३ नै पुग्छ। यसलाई पनि सामान्य रूपमै स् वीकार गरौँ। तर, मन्तव्यका क्रममा विद्वान् जयराज आचार्यले 'विभिन्न क्षेत्रमा महनीय योगदान गर्ने चरत्रिवान् १२ जना व्यक्तिहरूको गुणानुवान गर्नुभएको छ' भन्ने वाक्यांशभित्रको 'गुणानुवाद' शब्दले सकारात्मक अर्थ दिँदैन। बृहत् नेपाली शब्दकोशका अर्थमा गुणानुवाद भनेको अतिशयोक्ति हो। शब्दकोशले यसलाई 'गुण वा चरत्रिको बखान, गुणगान, प्रशंसा' -हेर्नूस्, नेपाली बृहत् शब्दकोश, पृष्ठ ३४४) भनिएको छ। तर, यो ती १३ व्यक्तिको बखान, गुणगान या प्रशंसा नभई उनीहरूको साँचो योगदानको परचियात्मक सँगालो मात्र हो।

जयराज आचार्यको 'मन्तव्य' र शर्माको 'लेखकको भनाइ' छिचोलेर पुस् तकको वास् तविक धरातलभित्र विचरण गर्दा लेखकले यी १३ जनालाई उनीहरूको अतुलनीय योगदानको तराजुमा राखेर तौलिने प्रयत्न गरेको देखिन्छ। तर, उनको तराजु स् िथर देखिँदैन। हात काम्ने बिरामीका व्यापारीले जस् तो लेखकले ओजनको सन्तुलन गुमाएका छन्। त्यसैले कसैमा बढी र कसैमा कम ओजनका ढकहरू हालेका छन््। अमृतबहादुर प्रधानको चर्चा गर्दा उनी रसायनशास् त्रमा एमएस् सी गर्ने दोस्रो व्यक्ति थिए भन्ने उल्लेख छ। तर, पहिलो को थिए भन्ने कुरामा लेखक मौन छन्। एउटा सामान्य पाठकले पनि जिज्ञासा राख्ने कुरो हो यो। यसै परच्िछेदका अर्का व्यक्ति शंकरदेव पन्तबारेमा पनि सानातिना तर महत्त्वपूर्ण कमजोरी भएको देखिन्छ। भनिएको छ, सुरुवाती चरणमा पन्तले तीन जना विद्यार्थी र सात जना शिक्षकबाट नेपाल नेसनल कलेज -आजको शंकरदेव क्याम्पस)को सुरुवात गरेका थिए। पाठकले खोज्छन्, यस् तो अथक् योगदानबाट शंकरदेव पन्तले सुरुवात गरेको त्यस कलेजका ती ऐतिहासिक तीन विद्यार्थी र सात शिक्षकहरू को को थिए ? यस् ता नाम खोज्न कठिन थिएन।

लेखकले पुस् तकमा शंकरदेव पन्तको स् वाभिमानी व्यक्तित्वलाई सोदाहरण प्रस् तुत गरेका छन्। र, यो पठनीय पनि छ। आफ्नै सम्धी कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदाहुँदै पनि पन्तले कलेजको आर्थिक दुरावस् थाका बारेमा एक शब्द चुहाएनन्, त्रिभुवन विश्वविद्यालयको स् थापनापछि यस कलेजलाई त्रिविमै गाभ्ने तत्कालीन उपकुलपति सुवर्णशमशेर र पि्रन्सिपल भैरवबहादुर प्रधानको षड्यन्त्रविरुद्धमा पनि एक शब्द बोलेनन्। र, आफूले पालनपोषण गरेर हुर्काएको त्यो कलेज त्रिविमा गाभिनुभन्दा दुई दिनअघि उनको स् वर्गारोहण भयो। आफूमा भएका जानकारीलाई लेखकले मार्मिक ढंगले पाठकसमक्ष साझेदारी गरेका छन्। खालि छेउछाउतिर चिहाउने कष्ट मात्र गर्न नसकेको देखिन्छ। यसले पुस् तकमा समेटिएका व्यक्ति र उनीहरूसँग गाँसिएका पक्षहरू ओझेलमा परेका छन्।

लेखकले यही परच्िछेद अन्तर्गत जर्ज जोनको शब्दचित्रमा भनेका छन्, 'भारतबाट आएका नेपाली बोल्न नजान्ने युवकले त्यतिबेलाको कष्ट कसरी भोगे, कसरी फेर िकर्मक्षेत्रमा जुटे, समस् यासित जुध्न कसरी अगाडि बढ्दै गए, त्यस कलेजलाई त्यस भेगकै इज्जतको केन्द्रका रूपसम्म कसरी पुर्‍याउन सके, त्यसको कथा असाध्यै मार्मिक छ।' तर, यी मार्मिक कथाको प्रसंग भने कतै उल्लेख छैन। जोनले पोखराको पृथ्वीनारायण क्याम्पसको स् थापना गरेको कुरा उल्लेख छ तर तिनका पछाडि सहयोगी हातहरू को-को थिए भन्ने उल्लेख नहुँदा ती व्यक्तिहरूमाथि लेखकले जानेर या नजानी अन्याय गरेको ठहर्छ।

डा सन्दुक रुइतका प्रसंगमा पनि एउटा शब्दले घोचिरहन्छ। उनले डा रुइतले 'इन्ट्राओकुलर लेन्स' नेपालमै बनाएर अन्तर्राष्ट्रिय बजारमा समेत पठाएको कुरा उल्लेख गरेका छन् तर यो लेन्सको महत्त्व के हो भन्ने कुरा पनि कतै छ्वास् स छोइदिएका भए अझ जानकारीमूलक हुने थियो।

पुस् तकमा यस् ता धेरै कमजोरीहरू छन्। समग्र पुस् तकलाई छिचोल्दा लेखकको यी व्यक्तिहरूका बारेमा आफूले भनेजस् तो बाहिरी आवरणको नभई अन्तरकुन्तरको चर्चा गर्ने प्रयास भने अपूरो हुन पुगेको छ। त्यसैले यो पुस् तक यसमा वणिर्त १३ व्यक्तित्वहरूका बारेमा पहिल्यै कुस् त जानकारी पाइसकेकाहरूका लागि रोचक हुनसक्छ तर पहिलोपल्ट यसै पुस् तकबाट बुझ्न चाहनेहरूका लागि भने यो अधुरो छ। त्यसैले बिर्सन नहुनेहरूले सुरेशराज शर्माको विशिष्ट नामलाई सही अर्थमा परभिाषित गर्दैन। प्रायः सबै व्यक्तिका बारे लेखिएका 'प्रोफाइल'हरू प्रस् तुति र घटना बुनोटका हिसाबले सिकारु लेखकको सिर्जनाजस् तो फितला लाग्छन्। तर, भाषामा भने लेखक माझिएका छन्।
(Source: Nepal weekly)

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom