Loading

समकालीन नेपाली कविताका प्रवृत्ति बजारमा

काठमाडौँ, ११ असार । डा. लक्ष्मणप्रसाद गौतमको समालोचनात्मक ग्रन्थ 'समकालीन नेपाली कविताका प्रवृत्ति' बजारमा आएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कृति सार्वजनिकीकरण समारोहमा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले कृति विमोचन गरे । समारोहमा मोहनराज शर्मा, डा. ज्ञानू पाण्डे, डा. खगेन्द्रप्रसाद लुइँटेल, डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई लगायतले कृतिको विश्लेषणका साथै कृति र कृतिकारप्रति शुभ कामना अर्पण गरेका थिए ।

कृति विवेचनाका क्रममा समकालीन नेपाली कविताहरुको बृहत्तर रुपमा रौंचिरा गर्ने समालोचनात्मक प्रयासको अभाव रहेकोमा गौतमको गहन कृतिले त्यसलाई पूरा गरेको विद्वान् हरुले चर्चा गरे । लेखकीय मन्तव्य दिँदै कृति लेखक गौतमले आफू अझै गहन रुपमा नेपाली कविताको विभिन्न विषयगत पाटो केलाएर पुस्तक तयार पार्नमा लगनशील भइरहने प्रतिबद्धता जनाए । पैरवी प्रकाशनले प्रकाशनमा ल्याएको ग्रन्थको मूल्य तीन सय ७५ रुपैयाँ राखिएको छ ।

Segments: 

Comments