सबै बेहोसी नशा पिएर / रवि प्राञ्जल

सबै बेहोसी नशा पिएर
बिना पिएरै बेहोस छु म
अरु निर्दोषी माया भुलेर
बिना भुलेरै दोषी छु म
सपना फुटेर आँशु बनेछ
त्यो आँशु फेरि व्यथा बनेछ
आँशुका थोपा मोति बनेर
उदास मनको कथा भनेछ
सबै बेहोसी नसा पिएर
सुनसान बगरमा आँधी चलेछ
फैलेर आँधी चाहना बनेछ
नअटेर माया अञ्जुली भरेर
ढलपल आँखा सागर खुलेछ
स्वर सङ्गीत: भक्तराज आचार्य
रचना: रवि प्राञ्जल
Author:
Segments:
Language:
Post date:
01/14/2011 - 20:52