सङ्गीत-नाट्य प्रज्ञा प्रतिष्‍ठानमा अम्बर गुरुङ

काठमाडौँ, ९ बैशाख । सरकारले सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्‍ठानको कुलपतिमा वरिष्‍ठ सङ्गीतकर्मी अम्बर गुरुङलाई नियुक्त गरेको छ । गुरुङ राष्‍ट्रिय गानका धुन रचयिता पनि हुन् । यसै गरी नवगठित प्रतिष्ठानको उपकुलपतिमा प्रचण्ड मल्ल, सदस्य-सचिवमा तीर्थ श्रेष्ठ र सदस्यहरुमा मिथिला शर्मा, यज्ञराज उपाध्याय, रामकृष्ण दुवाल, तीर्थ थापा, रमेश रञ्जन झा र कविता आले रहेका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालले प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अनुरुप नौ सदस्यीय परिषद् र २४ सदस्यीय सभा मनोनयन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यसअघि गत चैत्र ३१ गते सरकारले कलाकारको वर्षौँदेखिको मागलाई सम्बोधन गर्दै ललितकला प्रज्ञा प्रतिष्‍ठान गठन गर्दै यसको कुलपतिमा कलाकार किरण मानन्धरलाई नियुक्त गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, प्रधानमन्त्री माधवकुमार नेपालले नौ सदस्यीय प्रज्ञा परिषद् र २१ सदस्यीय प्रज्ञासभा सदस्यसमेत नियुक्त गरे ।
प्रतिष्ठानको प्राज्ञ परिषद्को उपकुलपतिमा कलाकार ठाकुरप्रसाद मैनाली तथा सदस्यहरूमा शारदा चित्रकार, रागिनी उपाध्याय ग्रेला, कर्ण मास्के, शान्तकुमार राई, ओम खत्री, रवीन कोइराला र सदस्यसचिवमा केके कर्माचार्य नियुक्त भएका छन् ।

यसैगरी प्राज्ञसभा सदस्यहरूमा किरण मानन्धर, ठाकुरप्रसाद मैनाली, केके कर्माचार्य, शारदा चित्रकार, रागिनी उपाध्याय ग्रेला, कर्ण मास्के, शान्तकुमार राई, ओम खत्री, रवीन कोइराला, बिजय थापा, मुकेश मल्ल र सीतादेवी कर्ण रहेका छन् ।

त्यस्तै पृथ्वीनारायण श्रेष्ठ, भुवन थापामगर, ताराप्रसाद ओझा, नीमा ध्याम्छा लामा, धनबहादुर याख्या, पवनकुमार राजवंशी, ज्ञानेन्द्र बिवस, जीवनाथ पोखरेल र सुष्मा राजभण्डारी सदस्यमा नियुक्त भएका छन् ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom