Loading

सँगै हिंड्ने बाटो आज वल्लो-पल्लो भो

सँगै हिंड्ने बाटो आज वल्लो-पल्लो भो
तिम्रो दर्जा उपल्लो त, मेरो तल्लो भो ।

भेटाएछौ साथ तिम्ले धनवान-बलवानको,
तिमी बाज डरलाग्दो म चैं चल्लो भो ।

बैंससँग पैंसा साटी यौवनको स्वाद दियौ,
तिमी परिकार स्वादिलो म चैं खल्लो भो ।

पिउँदा तिम्ले पाँचतारेमा, मैले भट्टीमा,
तिमी पुज्ने इज्जतिलो म चैं झल्लो भो ।

आकाश-पातालको फरक, तिम्रो-मेरो बीच,
तिमी जिउडाल मिलेको म चैं डल्लो भो ।

Segments: 

Comments