श्यामप्रसादलाई युद्धप्रसाद स्मृति पुरस्कार

फागुन २८, काठमाडौँ ।

२०६६ सालको युद्धप्रसाद स्मृति पुरस्कार वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मालाई सम्मान गरिएको छ । भक्तपुरको सिरुटारमा युद्धप्रसाद स्मृति प्रतिष्ठानले आयोजना गरेको युद्धप्रसाद स्मृति दिवस तथा पुरस्कार अर्पण समारोहमा शिक्षामन्त्री गंगालाल तुलाधरले श्यामप्रसादलाई सो पुरस्कारबाट सम्मान गर्नुभयो ।

६ दशकभन्दा लामो समयदेखि लेखनमा सक्रिय प्रगतिशील साहित्यकार श्यामप्रसादका तँ तिमी तपाईं हजुर, बहिनीलाई चिठी, लेखक कसरी बन्ने, मेरी आमा जस्ता दर्जनौं कृति प्रकाशित छन् । कार्यक्रममा कवि तथा साहित्यकारहरूले प्रगतिवादी कवि युद्धप्रसाद मिश्रले नेपाली साहित्यमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom