Loading

वसुन्धराश्री र मानश्री पुरस्कारको घोषणा

काठमाडौँ, ६ बैशाख । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले २०६७ सालको वसुन्धराश्री पुरस्कार र मानश्री पुरस्कारको घोषणा गरेको छ । वसुन्धरा पुरस्कार वैरागी काइँलालाई दिने निर्णय गरेको छ । नयाँ शैलीशिल्पको कविता सिर्जनाबाट नेपाली साहित्यलाई विशिष्ट स्थानमा पुर् याएबापत काइँलालाई पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ ।
यसै गरी २०६७ सालको मानश्री पुरस्कारबाट कविता तथा मुक्तक विधाका सर्जक विजय वजिमयलाई सम्मानित गर्ने प्रतिष्ठानले सार्वजनिक गरेको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँको छ । दुवै पुरस्कार आउँदो असोज १३ गते एक कार्यक्रमका बीच समर्पण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

Segments: 

Comments