Loading

लघुकथा गोष्ठी सम्पन्न

काभ्रे माघ १८ गते। लघकुथा समाज र पनौती साहित्य समाजको संयुक्त आयोजनामा पनौतीमा लघुकथा गोष्ठी सम्पन्न गरियो । नेपाल प्रज्ञाप्रतिष्ठानको गद्य विभाग प्रमुख एवं कथाकार भाउपन्थीको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रममा दुई दर्जन लघुकथाहरू वाचन गरिएका थिए ।

लघुकथा वाचन गर्नेहरूमा तुलसीहरि कोइराला, सुमन सौरभ, कृष्ण शाह यात्री, डा.रवीन्द्र समीर, हरिप्रसाद भण्डारी, श्रीअोम रोदन, ध्रुव मधिकर्मी, रत्न कोजू, अगीब बनेपाली, समुनराज ताम्राकार, शारदाप्रसाद शर्मा, सूर्यप्रसाद लाकोजू, भीम राना जिज्ञासू, कार्तिकेय घिमिरे, श्याम आशालगायत हुनुहुन्थ्यो ।

पनौती समाजका अध्यक्ष सूर्यप्रसाद लाकोजूको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भाउपन्थीले प्रज्ञाप्रतिष्ठानका तर्फबाट लाधुकथाका क्षेत्रमा सक्दो सहयोग गर्ने विचारव्यक्त गर्नुभएको थियो। जनमतका सम्पादक मोहन दुवाल, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतका वक्ताहरूले लघुकतामाथिका आफ्ना धारणाहरू राख्नुभएको थियो ।

(Gorkhapatra.org.np)

Segments: 

Comments