लक्ष

No votes yet

अन्तिम दिन 'ट्युसन'को
बेकरीमा तिमीहरूलाई
पर्खिरहेँ

'ब्ल्यक टी'बाट वाफ
उडिरहेको थियो
बुनेको सपनाहरू जस्तै
शायद
वाफ र सपना
पर्यायवाची

'मुनलाईट'बाट तिमीहरू
हतारिएर आयौ
निराश अनि पीडा
मिलन-बिछोड
संसारको नियम

हामी सबैको 'ब्ल्यक टी' बाट
वाफ उडिरहेको थियो
मानौँ
हामीहरूले "ब्ल्यक टी" मा
सपनाहरू घोलेका छौँ ।

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.