रुपान्तरण

सहकारीको अर्थ सहकार्य, आर्थिक-सामाजिक रूपान्तरणको आधार। थोरै-थोरै रकम नियमित रूपमा जम्मा गरेर सामूहिक कार्य गर्ने थलो। यस सहकारीमा तपाइर्ं-हामी सबैले सदस्यता लिनुपर्छ र हामी आफैँले आफ्नो रूपान्तरण गर्ने जग बसाल्नुपर्छ।" जीवन सरले हामी सबैलाई नियाली-नियाली मधुर मुस्कानसहित प्रस्ताव राख्नुभयो। जीवन सर कुनैबेला हाम्रा राजनीतिक नेता पनि हुनुहुन्थ्यो। जीवन सर हामीमध्ये कतिका स्कुलका गुरु पनि हुनुहुन्थ्यो। उहाँको प्रभावकारी प्रवचनलाई नकार्न र तर्क गर्ने हामीसँग हिम्मत र खुबी दुवै थिएन, हामीले जीवन सरको प्रस्ताव पारति गर्‍यौँ।

सहकार्यका निमित्त स्वयंसेवा गरयिो, घरघरमा सदस्यताका लागि अभियान चलाइयो। जीवन सरले जे भन्न सिकाउनुभयो, त्यही भनियो। हाम्रो सहकारी गाउँकै सबैभन्दा ठूलो सहकारी बन्यो। हाम्रो सहकारीमा साधारणसभा गर्ने दिन आयो। साधारणसभा गर्नुअघि जीवन सरले हामी केही सक्रिय सदस्यहरूलाई डाकेर भन्नुभयोे, "हामी सबैको संयुक्त प्रयासमा हाम्रो सहकारी गाउँकै सबैभन्दा ठूलो सहकारी भएको हो। यसमा तपाइर्ंहरूको ठूलो योगदान छ। अब हाम्रो सहकारीको साधारणसभा गर्ने दिन आएको छ। त्यस साधारणसभाका आगामी वर्षहरूमा गर्ने कामको प्रस्ताव पारति गर्ने, त्यसका लागि बजेट बनाउने र यी सबै काम राम्रोसँग सम्पन्न गर्न एक सक्षम कार्यसमिति निर्माण गर्नु आवश्यक छ।"

जीवन सरको कुराबाट हामी प्रभावित भयौँ, कस्तो दूरदर्शी ! हामी सबैले एकै स्वरमा भन्यौँ, "हो, र'छ !"

अनि जीवन सरले भन्नुभयो, "आगामी कार्यसमितिको छनोट साधारणसभाले नै गर्ने हो। तर, साधारणसभामा जानुभन्दा अघि अलिकति गृहकार्य गरयिो भने एकमतले सर्वसम्मत व्यक्तिलाई प्रस्ताव गर्न सकिन्छ। र, तिनीहरूले अर्को चार-पाँच वर्ष राम्रोसँग नेतृत्व दिनेछन्। नेतृत्व राम्रो भए न सहकारी राम्रो हुन्छ।"

जीवन सरको कुरा सोह्रैआना ठीक थियो। नेतृत्व ठीक भए न सहकारी ठीक हुन्छ।

अनि जीवन सरले हामीसँग सल्लाह गर्नुभयो। अध्यक्षबाट कुरा सुरु भयो, "मेरो विचारमा अध्यक्ष श्रीदेवीलाई बनाउनुपर्छ। हुन त श्रीदेवी बिरामी छिन्। बेलाबखत सन्चो हुँदैन। तर, केही दिनदेखि उनको स्वस्थ्यमा सुधार हुँदै आएको छ। उनी महिला नै भएका कारणले बाहिर हेर्दा महिला नेतृत्वमा सहकारी चलाउन पनि राम्रो देखिने भयो।"

हामीसँग जीवन सरको कुरा काट्ने हिम्मत थिएन। मनमा अलिक चित्त नबुझे पनि टाउको हल्लायौँ। हामीबीच एक जना भाइ थियो, अत्यन्तै उत्साहित र जागरुक। सहकारीका लागि खटिरहने तर उनी हामीजस्तो सहनशील थिएन। उसको नाम थियो, अनन्त। उसले भन्यो, "जीवन सर मेरो विचारमा सहकारी त श्रीदेवी मिसले राम्रोसँग चलाउनु होलाजस्तो लाग्दैन।" त्यो सबैभन्दा कान्छो कार्यकर्ता थियो, अनन्तले जीवन सरको कुरा काटेको हामीहरूलाई राम्रो लागिरहेको थिएन। हामीले चुप लाग्न इसारा गर्‍यौँ।

जीवन सरले अनन्तको कुरा बुझ्नुभयो र भन्नुभयो, "अनन्त भाइले भन्नुभएको कुरा नकारात्मक रूपमा नलिऊँ। श्रीदेवीले राम्रोसँग चलाउन नसक्ने कारण के होला त?"

अनन्तले भन्यो, "एक, उहाँ बिरामी हुनुहुन्छ। दुई, उहाँ बैठक सम्हाल्न सक्नुहुन्न। आफैँ मात्र बढी बोल्नुहुन्छ। तीन, हिसाबमा पारदर्शी हुनुहुन्न। चार, आफ्ना नातागोता मात्रको हित हेर्नुहुन्छ। त्यस्तो मान्छेलाई कसरी अध्यक्ष बनाउने?"

जीवन सरले सम्झाउनुभयो, "त्यस्तो सबै केही होइन, तपाईंलाई लागेको मात्र हो। तैपनि, कमी-कमजोरी सबैका हुन्छन्। त्यसलाई सुधार गर्नका लागि म आफैँ प्रमुख सल्लाहकारका रूपमा बस्छु नि त !"

अनन्तले कुनै अभिव्यक्ति जनाएन, हुन्छ पनि भनेन हुँदैन पनि भनेन। हामीले जीवन सरको कुरामा समर्थन गर्‍यौँ।

त्यसपछि उपाध्यक्षको कुरा आयो। जीवन सरले दिलबहादुर वा कर्णबहादुरमध्ये जसलाई बनाए पनि हुने प्रस्ताव राख्नुभयो। दिलबहादुर र कर्णबहादुर दुवै मिल्ने साथी थिए। उनीहरू मिलेरै कर्णबहादुरको प्रस्ताव पारति भयो। अनन्तको त्यसमा पनि विरोध रह्यो। उसले भन्यो, "मेरो विचारमा उपाध्यक्ष सम्यक्लाई बनाउनुपथ्र्याे। ऊ हाम्रो सहकारीमा सबभन्दा खट्ने मान्छे हो। र, सहकारी बुझेको मान्छे पनि हो।"

जीवन सरले भन्नुभयो, "हो सम्यक अत्यन्तै राम्रो मानिस हो। यो सहकारी निर्माणमा सम्यक्को साँच्चै राम्रो भूमिका छ। तर, उमेरमा कच्चै छ। भर्खर २२ वर्षको भयो सम्यक्। अर्को साधारणसभाका लागि सोचे के होला?"

अनन्तले प्रतिवाद गर्‍यो, "सम्यक् त अर्को साधारणसभामा अध्यक्ष बनाउनुपर्ने मानिस हो। त्यसैले उसको खुबी, उमेर र सक्रियताको कदर गर्दै अहिले नै उपाध्यक्ष बनाएर नेतृत्व निर्माण गररिहनुपर्छ। अर्काे साधारणसभासम्म ऊ पनि २६ वर्षको भइसक्छ। कसरी उमेर सानो छ भन्ने र !"

जीवन सरले भन्नुभयो, "हामीभन्दा त कान्छो छ नि ! ऊ हामीसँग सल्लाह नगरी नयाँ काम गर्न खोज्छ। कर्णबहादुर हामीसँग नसोधी यताको रौँ उता सार्दैन। सहकारी भनेको त सल्लाहले चल्ने संस्था हो नि ! सल्लाह नै नगरी चलाउनु खोज्नु भएन नि ! त्यसैले यसपटक कर्णबहादुरलाई उपाध्यक्ष बनाऔँ। अर्को चार वर्षमा सम्यक्ले पनि कुरा बुझिसक्छ अनि विचार गरौँला।"

यतिबेलै श्रीदेवीले चिया र जेरीस्वारी लिएर आइन्। जीवन सरले हाँस्दै भन्नुभयो, "ल हेर ! यिनले हाम्रो कति माया गर्दिरहिछिन् त? हा... हा... हा...!"

अब सचिव र कोषाध्यक्ष पदका लागि प्रस्ताव गर्नु बाँकी थियो।

सचिवमा जीवन सरले प्रस्ताव गर्नुभयो, तरमिाया। तरमिाया अत्यन्तै सुधी, लेखपढ नगरेकी, कुनै तर्क गर्न नसक्ने, आज्ञाकारी महिला थिइन्। यति राम्री महिलाप्रति हाम्रो कुनै विरोध थिएन। तर, अनन्तले तिनको पनि समर्थन गरेन। उसले हरमिायालाई प्रस्ताव गर्दै भन्योे, "हरमिाया पढ्न, लेख्न, चिट्ठीपत्र पठाउन, कम्प्युटर चलाउन, हिसाब राख्न, कार्यक्रम सञ्चालन गर्न सक्ने महिला हुनुहुन्छ, असल पनि हुनुहुन्छ। सचिव त हरमिायालाई नै बनाउनुपर्छ। तरमिाया दिदी असल हुनुुहुन्छ तर सचिवका लागि योग्य हुनुहुन्न, तरमिाया दिदीबाट सचिवालय चलाउन गाह्रो होला।" जीवन सरले अलिक रसिाएर जवाफ दिनुभयो, "हैन अनन्त, तिमी त प्रत्येक कुराको विरोध गर्छौ। तरमिायाजस्तो महिलालाई विस्थापित गरेर यस समाजको रूपान्तरण कसरी हुन्छ? तिमीहरू अलिकति पढेलेखेकाहरूले तरमिायाको विरुद्धमा लाग्ने?"

"हैन जीवन सर, तपाईंले छलफल गर्न बोलाउनु भयो र आएँ। छलफलमा आफूलाई लागेको कुरा राख्दा व्यक्तिगत विरोधमा उत्रिएको भन्ठान्नुहुन्छ भने ठान्नूस्। मैले त सहकारीको नेतृत्व लिने मान्छे पद अनुसारको योग्यता भएको होस् भन्ने चाहेको मात्र हुँ। तरमिायाप्रति मेरो आदर छ, तपाईंले भन्नुभएजस्तो म उहाँको विरोधीचाहिँ होइन।"

जीवन सर अलि कड्किए, "त्यसो भए तरमिायालाई सचिवमा उठाउ“ र हरमिायाले सहयोग गरून्। तरमिायालाई नै विस्थापित गरेर हरमिायालाई सचिव बनाउने कुरा नगरौँ।" अनन्तले हामी पाका मान्छेहरूको अनुहार हेर्‍यो, हामीमध्ये कसैबाट पनि जीवन सरको कुरा काट्ने सम्भावना नदेखेपछि ऊ चुप लाग्यो।

अब पालो आयो कोषाध्यक्षको, कोषाध्यक्ष पद आफँै महत्त्वपूर्ण पद हो। आर्थिक योजना बनाउनुपर्ने र सहकारीलाई समृद्ध पनि बनाउनुपर्ने। जीवन सरले कोषाध्यक्षको पनि प्रस्ताव गर्नुभयोे, "यसका लागि निरमिायाको प्रस्ताव गर्छु। निरमिाया आफँैले केही गरहिाल्लिन् भनेर उनको नाम प्रस्ताव गरेको होइन। उनले हाम्रो कुरा काट्न सक्दिनन्, कमसेकम मेरो भनाइ त अक्षरशः पालना गर्छिन्। त्यसो भएपछि बाँकी योजना र कार्यक्रम हामीले बनाइदिन सक्छौँ। बस्, उनले चेकमा सही गरहिाल्छिन्, आर्थिक विवरण पनि बनाइहाल्छिन्।"

हामीलाई जीवन सरको कुरा ठीकै लाग्यो। अनन्तले त्यसमा पनि आफ्नो 'कमेन्ट' राख्यो, "होइन जीवन सर ! कोषाध्यक्ष त आर्थिक व्यवस्थापनको विषयमा अध्ययन गरेको अनुभवी र हाम्रो हिसाब दुरुस्त राख्न सक्ने, कर्मचारीको काम चेक गर्न सक्ने मान्छे राख्ने होइन?"

"त्यसो होइन अनन्त," जीवन सरले भन्नुभयो, "त्यस्तो जान्ने मान्छे त कर्मचारीका रूपमा राखौँला नि, सबै कुरा पदाधिकारीले नै जान्नुपर्छ भन्ने के छ र !"

"लौ अब यी चार पद र प्रमुख सल्लाहकार टुंगो लाग्यो। यो हाम्रो भित्री सल्लाह भयो। क-कसलाई कसले प्रस्ताव र समर्थन गर्ने भन्ने कुरा सोचिराख्नुहोला। साधारणसभामा कसैले अर्कैलाई मनोनयन गर्‍यो भने सम्झाएर नाम फिर्ता गराउनुपर्छ र साधारणसभा सर्वसम्मतिबाट प्रजातान्त्रिक ढंगले सम्पन्न गराउनुपर्छ।" जीवन सरले यति भन्दै कुरा टुंग्याउनुभयो।

हामी ढुक्क भयौँ। सहकारीको त्यत्रो काम जीवन सरले सुल्झाउनु भएकामा हामी खुसी थियौँ।

तर, अनन्तको चित्त बुझेको रहेनछ। फकर्ंदा अन्ान्तले गनगन गररिह्यो। "हैन तपाईंहरू कस्तो मान्छे हँ? जीवन सरले जे भने पनि तपाईंहरूको समर्थन। जीवन सरले आफ्नो श्रीमतीलाई अध्यक्ष बनाएर बाँकी सीधासाधा मानिसलाई पद बाँडेर आफैँले मात्र हालीमुहाली गर्न खोजेको कुरा कस्तो नबुझेको हँ? यति धेरै मानिसलाई सदस्य बनाएर सामाजिक-आर्थिक रूपान्तरणको नारा दिएर घरघरमा गएर सदस्य बनाउने हामी। अनि, त्यसको नेतृत्व लिने जीवन सर र उनकी श्रीमती? मैले त यो रूपान्तरणमा विश्वास गर्न सकिनँ है दाजुहरू !"

अनन्तको आवाज बाटोमा कहिले सुनिने, कहिले नसुनिने, कहिले मोटरको हर्न र आवाजमा दबिने हुँदै थियो ।

(Source: Nepal Weekly)

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom